सोमबार, माघ १० २०७८
प्रोफेसर विन्टर निट्जका अनुशार पूर्वीय खगोलविदहरुले इशापुर्व २०००-२५०० काल देखिने खगोल सम्बन्धि खोज शुरु गरेको मानिन्छ।ऋग्बेदमा लिखित ३० भन्दा बढी ऋचाहरु (श्लोकहरु)ले ब्रहमाण्ड सम्बन्धि पौराणिक खोजलाई स्पष्टसँग प्रमाणित गरेको छ।गृतसमदका छोरा शौनक ऋषिले ऋग्वेदको बश्कला र शाकला शाखालाई जोडेर एउटा बनाउने कार्य गरेको मानिन्छ। उनले दश हजार बिद्यार्थी पढाउने गुरुकुल स्थापना गरेका थिए। जसलाई गुरुकुल महाबिध्यापिठका पहिला कुलपति पनि भनिन्छ।
परापुर्व कालको अध्यायन पद्धति खोज अनुसन्धान मुलक थियो र गुरुकुलहरु तात्कालिक अनुसन्धानका केन्द्र थिए। शिक्षक बिद्यार्थी सबैले तपस्या(सामर्थ्य )बाट प्राप्त ज्ञान शिपलाई सर्बोपरि मान्थे।
ऋषि महर्षिहरुले संचालन गरेका गुरुकुल साँच्चै सामुहिक बहसका केन्द्र थिए।ठुला ठुला बिषयगत बहसमा ब्रह्मर्षि समेत आमन्त्रण गरिन्थे र त्यो बहसमा शिष्यहरुलाई पनि सहभागी गराइन्थ्यो। अहिले त ऋषि महर्षि जस्ता त्यागि गुरुहरु पाउन पनि मुस्किल छ।
जसको ज्ञान चक्षु जागृत हुन्छ,उसलाई ऋषि भनिन्छ । जसको दिव्य चक्षु जागृत हुन्छ, उसलाई महर्षि भनिन्छ भने जसको परम चक्षु जागृत हुन्छ उसलाई ब्रह्मर्षि भनिन्छ।
ब्रह्मर्षीहरुले हिरण्यगर्भलाई उर्जा र पदार्थको प्रमुख केन्द्र भनि पत्ता लगाए र त्यसैबाट ब्रह्माण्डको उत्पत्ति र अन्त्यको स्रोत मानेका थिए भने अहिलेका बैज्ञानिकहरुले हिरण्यगर्भलाई व्हाइट होल तथा ब्ल्याक होल नामाकरण गरिदिएका छन्।
भृगु, अंगिरस, अत्री, विश्वामित्र, कश्यप, वसिष्ठ, शाण्डिल्य,दधिची,भारद्वाज,जमदग्नि, गौतम, शुक्राचार्य लगायतका ऋषिमुनिहरु ब्रह्मर्षि हुन्,जसले कठिन तपस्या र लामो अनुसन्धानबाट संसारलाई ब्रह्माण्डका धेरै रहस्यहरुबारे जानकारी दिएका थिए। त्यो बेला ब्रह्मर्षिहरुलाई खगोल बेत्ता,ब्रह्म ज्ञानी र ब्रह्मज्ञाता पनि भनिन्थ्यो। उनीहरुले आफ्ना अनुसन्धानहरु पुष्टि गर्न र विमर्शको लागि बेलाबेलामा अन्तराष्ट्रिय स्तरका ब्रह्म सभाहरु पनि गरिरहन्थे।गुरुकुलमा उनीहरुको आफ्ना बेग्लै अध्ययन मण्डली पनि हुन्थ्यो भने अन्तराष्ट्रिय स्तरको आधुनिक नासा जस्तै ब्रह्म सभा पनि बनाएका हुन्थे। तात्कालिक इन्द्रका सभाहरुमा समेत गुरु बिह्रस्पतिद्वारा ब्रह्माण्डको बारेमा चर्चा गर्न ब्रह्म सभाहरु बोलाएका धेरै उदाहरणहरु उपनिषद्हरुमा पाइन्छ।
ऋषिहरुको खोज अन्वेषणमा अबरोधको शुरुवात:
पौराणिक खगोल विदहरुले तारा वा ग्रहहरुको अवस्थिति,गति,ऋतु चक्रबारे धेरै कुरा पत्ता लगाएका थिए। ऋषिमुनिहरुले बहस तथा अनुसन्धानको लागि धेरै स्थानमा बहस अनुष्ठान तथा प्रयोगशाला निर्माण गरेका थिए।तर धार्मिक जडताको मध्यतिरबाट खगोल बिज्ञानको बिकास बिभिन्न कारणले अबरुद्ध भयो र पुरानो खगोल बिज्ञानलाई धार्मिक अन्धतासँग जोडेर विकृत बनाइयो।
पछिल्लो चरणमा धार्मिक अन्धताको आगोले जलेर ति सबै केन्द्रहरु खरानी भए।ऋषि चार्वाक धारका महार्शिहरुका दर्शन तथा लेखौटहरु र खगोलिय उपकरण जलाइए। धार्मिक अन्धताकै कारण पछिल्लो चरणसम्म बचेको हाल पाकिस्तानमा रहेको तक्षशिला गुरुकुल विश्व बिध्यापिठ तथा अनुसन्धान केन्द्र पनि समाप्त पारियो।
पूर्वीय दर्शनको प्रयोगात्मक भौतिकबादी धार त्यसपछि छिन्नभिन्न हुँदै गयो। भारतबर्षमा प्रज्ञानं ब्रह्म,अनात्मा ब्रह्मका अन्वेषक र समर्थकहरुले नास्तिकको आरोपमा ज्यान गुमाए।उनीहरुको दोष भनेकै इन्द्रिय गम्य अनुभवलाई ज्ञानको रुपमा मान्नु थियों अर्थात प्रज्ञानलाई नै ब्रह्मको रुपमा स्वीकार गर्नु थियो।’अहिंशा परमो धर्म’भनेर बलि प्रथाको बिरोध गर्दै साकाहारी जीवन पद्धतिको आह्वान गर्दा पनि धेरै ऋषि,महर्षिहरुले अनाहकमा यातना पाए।
आदिम साम्यवादी गुरुकुल प्रणालीका प्रमुख सत्रु इन्द्र लगायत देवता र दानव थिए। देवताका राजा इन्द्रलाई गुरुकुलले समेत आफ्नो भाग दिनु पर्दथ्यो भने माताहतका राज्यहरु देवता र दानवको केन्द्रिकृत औपनिबेशिकतामा थिचिएका थिए।
ब्रमाण्डमा सुर्यको गतिको मापन पछि सुर्यले निहारिकाको पूर्ण परिक्रमा गर्ने समय(ब्रह्म बर्ष)को समेत अनुसन्धान गर्न सक्ने ति पौराणिक प्रयोगशालाहरुलाई तात्कालिन राक्षसरुपी राजाहरुले तहसनहस पारेका,ऋषि मुनिहरू मारिएका प्रसंगहरुबारे पूर्वीय उपनिषद्हरुले धेरै ठाउँमा उल्लेख गरेको छ।
ऋषिहरुको आफ्नै परिषद हुन्थ्यो र आफ्नै परिषदका नियम अनुशार मण्डली संचालन गरिन्थ्यो। उनीहरुले राजाहरुद्वारा थोपरिएका नीतिनियमहरुलाई अस्विकार गर्दथे।
स्वर्गका राजा नहुसको सासन पछि ब्रह्मर्षिलाई दण्डित गर्ने सृंखला अझै बढेर गएको कुरा भागवत पुराणमा छ। राजा नहुसले इन्द्रको पत्नी सचिसंग बिबाह गर्न सप्त ऋषिद्वारा बोकिएर उनको निवासमा जाँदा अगस्त्य मुनिलाई लात्तीले हानेको प्रसङ्गले त्यो बेलाको का ऋषिमुनिहरु माथि कति अत्याचार थियो भनेर थाह हुन्छ।
दास युगको शुरुवात पछि धेरै निरंकुस राजाहरुले आँफुलाई इश्वर घोषणा गरे। ब्रह्म सभाको बिरुद्ध राजाहरुले धर्म सभालाई मान्यता दिन थाले। ब्रह्म ऋषि मण्डलीले उनीहरुको निरंकुशतालाई अस्विकार गर्यो। तात्कालिन राजा दक्ष प्रजापतिहरुले आँफुबाट मानव र आफ्ना पिताबाट पृथ्वी लगायत ब्रह्माण्डको सृष्टि भएको लेखाउन चाहन्थे तर ऋषिहरुले हिरण्ड्ये गर्भ (आधुनिक ब्ल्याक होल )बाट ब्रह्माण्डको सृजना भएको कुरा लेखे। त्यसपछि ऋषिहरुका प्रयोगशाला र अनुसन्धान केन्द्रमाथि राजाहरुले आक्रमण बढाउदै लागे।ऋषिमुनिहरुले संचालन गरेका बहस र अनुसन्धान केन्द्र नामेट पारीए।दास युग पछि राजालाई भगवान मान्ने भक्ति प्रथाको शुरुवात भयो,ज्ञान र तपस्याको युग सकियो। त्यसपछि खगोल तथा भौतिक बिज्ञानकको बिकासले आफ्नो लय समात्न युगौँको समय कुर्नु पर्यो।
बुद्ध तथा कपिल मुनिद्वारा प्रतिपादित सिद्धान्तले बताउँछ कि ‘पदार्थ(इथर) बिना उर्जा वा शक्तिको अस्तित्व रहँदैन,जीव तत्वको उत्पत्ति पनि प्राकृतिक समीकरणले सम्भव भएको हो। चेतना वा आत्माको छुट्टै परिचय खोज्नेहरु मुर्ख हुन्।’
चर्वाक जो गुरु बृहस्पतिको शिष्य मानिन्थे, दास युगको प्रारम्भिक चरणमा प्रचलित मान्यताभन्दा फरक मत राखे। उनले अनीश्वरवादी मत राखे अथवा त्यतिखेरको समाजले मान्दै आएको भन्दा बुद्धले जस्तै फरक भौतिकवादी मत राखे। उनले पदार्थलाई ब्रह्मको आधार माने। उनले बोधगम्य अस्तित्वलाई ज्ञानको विशुद्ध-रूप, बुद्धि-रूप, मुक्त-रूप अथवा अविनाशी रूप माने। उनि समाजबाट खेदिए।
अनिश्वरबादी मतको प्रचार गर्ने क्रममा बुद्ध समेत धेरै पटक भाग्यमा आफ्नो भबिश्य खोज्ने रुढिबादी मत वालाहरुको आक्रमणमा परे। किनकि उनि पनि मानब दुखको कारण खोज्न निस्केका अनिश्वरबादी दार्शनिक थिए।
चर्वाक दर्शनले ज्ञानको उचित स्रोतको रूपमा प्रत्यक्ष धारणा, अनुभववाद र सशर्त निष्कर्ष निकाल्ने पद्दतिलाई मान्दछ।दार्शनिक चार्वाक को मतले हरेक बिचारमा शंका गर्न सिकाएको छ र यसले अनुष्ठानवाद,तिलस्मी कल्पनाबाद र अलौकिकतावादलाई अस्वीकार गर्दछ।
ऋषि चार्वाकको आदिम भौतिकबादी धारणालाई प्राचीन भारतमा एक लोकप्रिय विश्वास प्रणालीको रुपमा लिइन्थ्यो। यो दर्शनले पुनर्जन्म र मोक्ष जस्ता काल्पनिक अवधारणाहरूलाई पनि पूर्ण रुपमा अस्वीकार गर्यो। ऋषि चार्वाकद्वारा प्रतिपादित ज्ञान दर्शनले स्पष्ट रुपले बताउँछ कि जब कसैले अवलोकन वा अनुभवबाट सत्यताको अनुमान गर्छ, उसले शंकालाई स्वीकार गर्नुपर्छ; अनुमानित ज्ञानलाई सशर्त रुपमा मात्र स्वीकार गर्नु पर्छ। चार्वक मत अनुशार प्रयोग सिद्ध ज्ञान मात्र सत्य ज्ञान हो।
यद्यपि चार्वाकको भौतिकबादी सिद्धान्त मध्ययुगीन धार्मिक पाखण्डकालमा नियोजित रुपमै गायब पारियो। यसको दीर्घकालिक ऐतिहासिक महत्वलाई बौद्ध र हिन्दू दार्शनिक ग्रंथहरूमा समेत अज्ञात लेखकको नाममा कतै कतै उतारिएको छ।
भनिन्छ,बुद्ध दर्शनको ज्ञानको मुख्य स्रोत चार्वाक दर्शनबाट प्रभावित छ।ईसापूर्व प्रथम सहस्राब्दीमा काल्पनिक ईश्वरबाद,बलीप्रथा,मुर्ति पुजा र तिलस्मिबादको बिरुद्ध विभिन्न प्रकारले बिद्रोह समेत भयो। त्यहि अबधिको आसपास जैन धर्मको पुनरुत्थान अभियान २३ औं अरिहन्त पार्श्वनाथद्वारा पुन: अभियान संचालान भएको थियो साथै त्यो भन्दा अगाडीबाटै गौतम बुद्धद्वारा बौद्ध धर्मको स्थापना र ब्यापक प्रचार भएको थियो।
निष्कर्षमा भन्नु पर्दा, जसरि नेगेटिभ र पोजेटिभ विद्युतीय धारहरुको अन्तरक्रिया बिना बजुली बल्दैन। प्रकासको अस्तित्व दुई बिपरित विद्युतीय धारमा निर्भर भए झैँ आत्मा वा चेतनाको अस्तित्व पनि शरीर रहुन्जेल मात्र हो भन्ने मत बलियो थियो। जसको नेतृत्व शुक्राचार्य,कपिल र अन्य ब्रह्मर्षिहरुले गरेका थिए। प्रमुख सिद्धान्तकार ऋषि याज्ञवल्क्यले सबैभन्दा पुरानो उपनिषदमा, ब्रहदारण्यक (ईसा पूर्व ७००) को अध्याय २ मा आफ्नी विद्वान शिष्या मैत्रेयीसंगको एक छलफलमा भनेका छन्,’त्यहाँ कुनै परलोक छैन – कुनै धर्म छैन,त्यसैले म भन्छु, मृत्यु पछि चेतना वा आत्माको छुट्टै अस्तित्व रहँदैन।’
पौराणिक खगोल बिज्ञान र दर्शनहरुबाट काल्पनिक ईश्वरलाई निकाली दिने हो भने जैविक र परजैबिक अस्तित्वको प्रमुख आधार भौतिक पदार्थ हो,भौतिक पदार्थभित्र गति तथा उर्जाको कारणले निरन्तर अन्तरसंघर्ष भै रहन्छ;अन्तरक्रिया र संघर्ष बिना ब्रह्माण्डको अस्तित्व सम्भव थिएन तथा भौतिक पदार्थको अस्तित्व बिना भाव पक्ष रहँदैन भन्ने कुरालाई गजवले पुष्टि गर्ने धेरै आधारहरु छन्।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij