आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

के हो एमसिसि ? नकारात्मक हाउगुजी किन फैलाइँदैछ

बिहिबार, पुष २२ २०७८

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दुई तीन बर्ष देखी निकै चर्चाको शिखरमा रहेको छ । एमसीसी प्रती जनमानसमा नकारात्मक सन्देस फैलाउने काम दिन एक गुना रात चार गुनाको दरले वढाउने कार्य भएको छ । के हो त मिलिनियम च्यालेन्ज कर्पोरेसन भन्ने कुराको यथार्थता न राज्य पक्षले जनतालाई बुझाउने कार्य गर्‍यो नत बौद्दिक वर्गको विचमा एकमतै रहेर उनिहरुको सन्देश समाजमा पुग्न सक्यो । छापा मिडिया देखी अनलाइन मिडिया सम्म सदन देखी सडक सम्म सवै तिर (एमसीसी) को चर्चा नभएको ठाउँ छैन । यही चर्चा परिचर्चा विच जिम्मेवार राजनैतीक दलहरुलाई एमसीसी तातो आलु निल्नु न ओकल्नु जस्तो भएको छ । बिकास परीयोजनाको कोष लाई राजनैतीक स्वार्थपुर्ती गर्ने कुत्सित मनसायले राष्ट्रियता सँग फ्युजन गरी नागरिक हरुको कानमा भरिदिने काम नेपाललाई समृद देख्न नचाहने सक्तिको ईशारामा समाजको भाषा बोल्छौ भन्ने नाममा केही स्वार्थी जमातले चलाएको हल्लाको कारण सुरु बाटै सकारात्मक भन्दा नकारात्मक धारणा वलियो बन्दै गएको छ । अब राष्ट्र बिकासको लागि ऋण लिन भन्दा अनुदान लिन ठीक हुन्छ भन्दा पनि राष्ट्रघाती बन्ने अफवाह नेपाली आकाशमा धुहाँ सरी फैलिएको छ । त्यसैकारण एमसीसी बुझेकाको आवाज छायाँमा परेको छ ।

अबको अवस्था कम्तिमा सत्ता साझेदार दल र प्रतिपक्ष दलले देशको बिकासको लागि सामाजिक सद्भभाब कायम गर्दै एमसीसीको वारेमा नबोल्ने हो भने एमसीसी हात बाट फुत्कन्छ फुत्कन्छ साथै विश्व मानचित्रमा नेपालको शाख गिर्नुका साथै समृद नेपालको अबधारणामा तुसारा पात हुने निस्चित प्राय छ । हुनत म कुनै बुद्दिजिबि, न कुनै राष्ट्रिय लाभको पदमा बसेको अथवा एमसिसी वारे सांसद लाई उपलब्ध पुस्तक पढ्न पाएको ब्यक्ती हुँ मात्रै नेपाल सँग जोडीएको एमसिसी वारे यती धेरै आवाजहरु आइरहदा एक जिज्ञासु नागरिकको हैसियतले आफ्नो मनमा लागेका कुरा हरु सेयर गरेको मात्र हु । मेरो विचारले कसैको भावनामा चोट लाग्न पुगेछ भने त्यो संयोगमात्र हुनेछ । एमसिसी कस्तो अवस्थामा स्वीकार गरेको हो र यसले हाम्रो विकासमा के प्रभाव पार्न सक्छ भनेर प्रष्ट रूपमा भन्न छाडेर राजनैतीक दलका नेताहरु आफ्नै आफ्नै डम्फु वजाउदै छन । सत्तामा नपुगेका र निकट भबिस्यमा पनि पुग्न नसक्ने हरुको त कुरै छोडौ सत्तामा बसेर प्राप्त गर्नको लागि निवेदन दिनेर प्राप्त हुने भएपछी प्रकृया पुरा गर्न बाट हच्कन केले प्रभाव पर्‍यो सोचनिय बिषय यो हो । राजनैतीक दलले स्पस्ट रुपमा एमसीसीका असल र कमजोरी वारे औल्याउन नसक्नु नेपालको बिकास लाई चिनको भाव बाट हेर्ने प्रयास हो भन्न हिच्किचाउनु पर्ने अवस्था छैन । समस्याको जरो यही हो ।

के हो एमसीसी ?

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अल्पविकसीत राष्ट्रहरुलाई सम्बन्धित देसको प्राकृतिक श्रोतको क्षेत्रमा लगानी गरी सम्बन्धित देशको आर्थिक बिकासमा सहयोग गर्ने उद्देस्यले स्थापित अन्तरराष्ट्रिय कोष हो । नकी नेपालमा हल्ला फिँजाए झै अमुक राष्ट्रको बिरुद्द गतिबिधी गर्न बनाइएको कोष हो र यसलाई स्विकार गरे नेपाल अमेरिकाको फुटबल ग्राउन्ड बन्छ हाम्रो अस्तित्व समाप्त भएर जान्छ भन्ने जुन हल्लाहरु गरिएको छ यो सरासर गल्ती हो । यसको पुस्टी हाल यो परियोजना अन्तर्गत अनुदान लिएका राष्ट्रहरुमा न अमेरिकि सेना छन नत ती देशवाट अन्यदेशको बिरुद गतीबिधी गरिएका छन । हाल सम्म यो कोष ५२ रास्ट्रहरुले परिचालन र सदुपयोग गरेका छन भने कोषको स्थापना २००२ मा गरिएको हो । संयुक्त राष्ट्रसंघद्वारा स्थापित भएपनी कोष स्थापना र यसलाई दिर्घकालिन बनाउन अल्प बिकसित राष्ट्रहरुलाई अनुदान दिएर बिकसित तुल्याउन अमेरिकाले बढी उदारता देखाएर ठुलो रकम लगानी गरेको छ । तसर्थ मिलेनियम च्यालेन्ज कर्पोरेशन एक नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबी विरुद्धको लडाइँको अगुवाइ गर्न मधत गरिरहेको छ । भारत र चीन जस्ता उदयमान अर्थतन्त्रको बीचमा रहेको नेपालले आफ्नो विकास निर्माणको गति समात्नु जती आवश्यक छ, त्यती नै आवश्यक अन्तराष्ट्रिय सम्बन्ध र कुटनितिसम्बन्ध तेस्रो मुलुकसंग बढाउनु पर्ने छ एमसिसी मार्फत अमेरिकासँगको हाम्रो सन्बन्ध थप प्रगाढ बन्छ भने यसमा हामी आतिनु पर्ने छैन । भनिन्छ ठुलो रुखको ओत लागेमा एक दर्को पानी बाट जोगिन सकिन्छ भने अमेरिका सँग सन्बन्ध प्रगाढ बन्दै जाँदा दक्षिण एसियाली मुलुकमा मात्र हैन विस्वमा हाम्रो देशको शान थप बढने छ यसरी दुवै हातमा लड्डु हुने परीयोजना लाई नस्वीकार्नु देसलाई सुडानी राजनीति र अर्थतन्त्र तिर धकेल्नु हो ।

किन अनुमोदन गर्न पर्‍यो

वर्तमान विश्व खुला अर्थनितिमा विश्वास गर्दछ र नेपालले पनि आफ्नो अर्थनिती खुला अर्थनिती लाई अङिगकार गर्दै आएको छ । नेपालले पनि सन १९९२ देखी खुला अर्थ निती अङगाल्दै आएको छ वार्षिक बजेट भाषणमा नपुग रकम आन्तरिक ऋण बाहय अनुदान र सस्तो ऋण लिएर पुर्ति गर्ने बनेर बजेट पनि बनाउछौ । बाहय अनुदान र ऋण जे प्रायोजनको लागि लिने भनेर लिइन्छ त्यसको सहि सदुपयोग गरिदैन र गरे पनि काममा ढिलासुस्ती गरिन्छ र समयमा परीयोजना समाप्त गरिदैन । आएको अनुदान मिसयुज गर्ने परीपाटिले हामीले प्राप्त गर्ने अनुदान रकम पनि प्राप्त गर्न नसक्ने गरी शाख गिराउंदै गएको सत्य हो । हाम्रो कार्यसैली देशको राजनीतिमा छिटो छिटो उतारचडाब आउने भएकोले नै सुरक्षित लगानीको बातावरण बनोस भनेर संसद् बाट पारीत गर्न लगाएको हो पछी विदुतिय पुर्वाधार बिकासमा आएको रकम अन्यत्र रकमान्तरण नहोस भन्नको खातिर । नेपालको बैदेशिक अनुदान सहयोग आउन बिस्तारै कम हुँदै गएको छ , विश्वबैन्क को आयोजनामा अरुण तेस्रोमा गर्न लागिएको लगानी लाई रोक्नु, बिभिन्न बहुरास्ट्रिय कम्पनी हरुलाई आफ्नो लक्ष्य अनुसार काम गर्न नदिनु । उदाहरणकै लागि मेलाम्ची समेत लिन सकिन्छ हाम्रो कम्जोर राणानिको कारण मेलम्ची जस्तो आयोजना तिस तिस बर्ष ढिला हुनु सरकर परिवर्तन पिछे मन्त्रिको गिद्दे नजर त्यहा पर्नु जस्ता बिषय हरु हाम्रा कम्जोरी हुन र यि र यस्तै प्रकारक कम्जोरी नहुनु दिनको लागि यसलाई अनुमोधन गर्न जरुरी परेको हो नत्र त्यो पनि जरुरी थिएन ।

किन चाहिएको हो एमसिसि

एमसिसिको आवश्यकता अमेरिकालाई हैन हाम्रो आवश्यकता हो, देश लाई यथास्थानमा राख्ने हो भने परको कुरा नत्र अग्र्गमन र लगानीको वातरवरण निर्माण जरुरी छ । लगानिको बातावरण तव बन्छ सरकारले प्राकृतिक श्रोतको पूर्वाधार निर्माण गर्न सकेमा मात्र त्यही पुर्वाधार निर्माण हुन्छ भनेर नै अहिले नेपालको जलश्रोत मा ठुलो लगानी आएको छ यदी हामीले एमसिसी लिएर पुर्वधारमा लगानी गर्न सकेको खण्डमा मात्रा विदुतिय बिकासमा यो कोषे ढुङ्गा सावित गर्न सकिन्छ र लगानी मैत्री नेपाल मार्फत बिकासका पारीयोजना हरु खुलाउन पनि यो रकम हामीलाई आवश्यक छ किनकी विगतमा नेपाल ले यती ठुलो रकम अनुदानको रुपमा प्राप्त गर्न सकेको थिएन । यसलाई लिएर शाही निर्धारित समयमा पारीयोजना सम्पन्न गर्न सके थप अनुदान आउने सम्भावना अजै बलियो भएर जाने छ तसर्थ एम सिसी हाम्रो लागि आवश्यक छ ।
नेपाल विद्युत प्राधिकरणकै मास्टर प्लानलाई सहयोग गर्ने गरी नै एमसिसी को रकम प्राप्त हुने भएकोले हाम्रो लागि अत्याबस्यक छ । एमसिसी मार्फत आएको रकमको सदुपयोग नेपालको उर्जा क्षेत्र तथा यातायातको क्षेत्र वाहेक अन्यत्र लगानी गर्न न सकिने भएकोले पनि बजारमा चलाइएका हल्ला नेपाल सम्रिद्द भएको देख्न नसक्ने हरुको कुचकृय हल्ला हो त्यसलाई गलत सावित गरी देस बिकासको ढोका खोल्न एमसिसी हामीलाई आवश्यक छ ।

एमसीसी अनुदान प्राप्त गर्न पुरा गर्नु पर्ने मापदंड

एमसिसी त्यतिकै प्राप्त गर्न सकिदैन यो प्राप्त गर्नको लागि संबन्धित देसले बिभिन्न मापदण्द पुरा गर्नु पर्ने हुन्छ जुन मापदंड नेपालले पुरा गरेपछी मात्र नेपाल छनोटमा परेको हो ।
हामीले बुझ्नुपर्ने के छ भने नेपालको२०६२-६३, को आन्दोलन त्यसपछिको शान्ती प्रकृया र नेपाल सरकारले मानबिय कार्यमा सरकारले गरेको लगानिको एमसीसी प्रावधान अनुसार बिनियोजन गरी सन्तोषजनक लक्ष्य हासिल गरे पछी नेपालले प्राप्त गरेको अनुदान लाई त्यसै फिर्ता जान दिन कती उपयुक्त हुन्छ ।
क) देशको निश्चित बजेट मानविय हितको लागि खर्च गरेको छकी छैन जस्तो:-स्वास्थ्य, शिक्षा, प्राकृतिक स्रोत साधनको जगेरर्ना, नियमित खोप मात्री शिशु ,वालवालिकाहरुको शैक्षिक गुणस्तर प्राथमिक तहमा ।
ख ) आर्थिक स्वतन्त्रताको, आर्थिक खुल्लापन वित्तीय नीति, मुद्रास्फिति, नियमनको गुणस्तर, आर्थिक गतिविधिमा महिलाहरूको सहभागिता, भूमि माथिको हक र पहुँच जस्ता बिषय समेटिएका छन ।
ग) विधिको शासन अन्तर्गत पर्ने सवै क्षेत्रमा पहुंचहरु
यि र यस्ता कारण निवेदनको लागि मात्र आवश्यक छ भने एमसीसी विरुद्द चलाइएका हल्लाहरु नेपाल बनाउन हैन नेपाललाई असफल बनाउन गरिएका हल्लाहरु हुन ।

अन्त्यमा

विश्व अहिले दुई अंक तीन अंकको आर्थिक बिर्द्दी दरमा छ भने छिमेकी मुलुक हरु चाइना अमेरिकालाई उछिन्न भारत फ्रन्स लाई उछिन्ने गरी आफ्नो आर्थिक योजना बुन्दै छन हामी भने लगानिको बातावरण सिर्जना गर्न पनि नसक्ने तर युवा सक्तिलाई बिदेशी श्रम बजारमा बेचेर आएको रेमिटेन्स मार्फत देस सन्चालन गरेर अरुको प्रगती हेर्दै आफ्नो दुर्गाती गर्दै किन मौन बसेका छौ ? देशको ठुला राजनैतीक दललाई मेरो प्रश्न ! के नागरिकलाई रोजगारिको लागि बिदेस पठाउने राष्ट्रियता हो ? कि आफ्नै देसमा लगानिको बातावरण सिर्जना गरी युवलाई स्वदेसमै रोजगारी दिनु राष्ट्रियता भित्र पर्दैन र ? हाम्रो अहिलेको अवस्था सुतेर बस्ने हैन २४ घण्टा काम गरेर छिमेकी राष्ट्रको दाँजोमा पुग्ने हो त्यो लेभलमा नेपाल पुग्नको निमित हामीले हाम्रो प्राकृतिक स्रोत साधनमा लगानी गरी दिर्घकालिन आम्दानिको श्रोत तय गर्नु जरुरी छ जसको लागि पुर्वाधार निर्माण गर्नु जरुरी छ यही एमसिसी मार्फत हामी पुर्वाधार निर्माणमा कटिबद्द भएर लाग्न सक्यौ भने अबस्य पनि हामी लक्ष्यमा पुग्न सक्दछौ । म राजनैतीक दल र नेता सामाजिक अभियान्ता बुद्दी जिबी सवैमा देसबिकासको लागि, लागी राजनीति गरौ तर बिकास रोक्ने नाउमा राजनीति नगरौ । हामीलाई हाम्रो देशको प्रगतिको चिन्ता हुनु पर्दछ, हाम्रो पुर्वाधार निर्माणले छिमेकिलाई के असर पर्दछ भनेर नहेरौ ।
राष्ट्रियताको बृहत अर्थ अजै बृहत रुपमा दिन सकिन्छ तर सारंसमा राष्ट्रप्रतिको आस्था, राष्ट्रहितको भावना, राष्ट्रप्रेम र राष्ट्रप्रतिको अपनत्वको भावना लाइनै राष्ट्रियता भनिन्छ । केही सक्ती हरु राष्ट्रप्रेम मार्फत झुट्को पुलिन्दा बन्दै आफ्नो राजनैतीक रोटी सेकाउन माहिर हरुले अहिले एमसिसिको नाउमा जे अनग्रल प्रचार गरेका छन त्यो सरासर झुट हो । यिनै झुट्को खेती गर्ने र नेपाल लाई बिकसित राष्ट्र बनाउन नदिने हरुको बिरुद्द सातारुड दल र प्रमुख प्रतिपक्ष एक ठाउमा उभिएर एमसीसीको विरुद्दका नकरत्मक टिप्पणी र हाउगुजी रुपी वादल फारेर पास गरी जनताको अधिकारको लागी लडेको सक्तीले देश निर्माणको लागि आर्थिक लडाईं लड्ने कार्यमा एक इटा थपौ । समुन्नत नेपालको सपना देखेका जनता को नजरमा राजनैतीक दलप्रती थप विश्वासको वाता वरण सिर्जना गर्ने काम गरौ । सत्य लुक्दैन झुटो टिक्दैन भन्ने सन्देस दिनु हुन अनुरोध गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार