आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

संस्थापक शेख जासिम, पुर्खाको इमानदार सन्तति, र बलियो राष्ट्रियता (कतारको राष्ट्रिय दिवस विशेष )

शुक्रबार, पुष २ २०७८

पैतृक तृणभूमि : विश्वासको विषय

कतार राष्ट्रिय दिवस २०२१ को नारा पैतृक तृणभूमि : विश्वासको विषय हो । यो नयाँ नारा कतारका संस्थापक नेता शेख जासिम बिन मोहम्मद बिन थानीको कवितामा आधारित छ। जसले कतारी जनता र यहाँको वातावरणबीचको अनादिकालदेखिको बलियो सम्बन्धको प्रतिनिधित्व गदर्छ ।
ओहो, कति लस्करहरु गए
समयको उतारचढावका पदचिह्नहरु छाड्दै
मौसम बदलिँदै जाँदा हाम्रा बासस्थान
जडीबुटीले सजिएका हाम्रा घाँसे मैदानहरुमा बानी पर्यो
सन् २०२१ को राष्ट्रिय दिवसको नारा राष्ट्र प्रतिको बफादारिता, ऐक्यबद्धता, एकता र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने लक्ष्यअनुरुप रहेको छ । जसमा साझेदारी, उत्प्रेरणा, सिर्जनशीलता र पारदर्शिता समावेश छन् । यस वर्षको नाराले अस्थायी उत्तेजना नभई दीर्घकालीन प्रभावतर्फको आकांक्षालाई प्रतिबिम्बित गर्दछ र संस्थापक नेता शेख जासिम बिन मोहम्मद बिन थानीले नेतृत्व गर्नुभएको मूल्य र सिद्धान्तलाई प्रकाश पार्नेतर्फ केन्द्रित हुँदै राष्ट्रिय प्रतीकहरु र समाजका प्रभावशाली सदस्यहरुको भूमिका प्रस्ट पार्दछ । यसले स्थापनाकालदेखि नै मौलिकतामा आधारित कतारी समाजको मूल्य, मान्यता झल्काउँछ ।जसलाइ समृद्ध कतारले अक्षरत पुर्ण पालना गरेको देखिन्छ ।
कतारी राष्ट्रिय दिवस २०२१ को नाराले के बुझाउँछ ?
अनादिकालदेखि नै कतारीहरुले आफ्नो वातावरणसँग घनिष्ट सम्बन्ध कायम राख्दै आएका छन् । तिनीहरू आफ्ना विशेषताहरूलाई आकार दिने भूमिमा हुर्किए, र तिनीहरू प्रकृति, यसको माटो, समुद्रका रंगहरू र यसको मौसमी परिवर्तनसँगसँगै बाँचे, त्यही वातावरण उनीहरूको अस्तित्वको अंश तथा उनीहरूको व्यक्तित्व र पहिचान निर्माणमा प्रभाव पार्ने एक प्रमुख स्रोत बनेको छ । कतारी जीवनको सादगीले उनीहरुको वातावरणलाई झल्काउँछ र यो भूमिको शान्तपन यहाँका मानिसहरुको नैतिक निष्कपटता, विनम्रता, उनीहरुको भाषाको सहजता र अभिव्यक्तिको स्पष्टतामा समान रुपमा झल्किन्छ । यो कुरा उनीहरुको भेषभूषा र वास्तुकलामा पनि झल्किन्छ जसलाई बिश्व जगतले प्रत्येक्ष देखेको छ ।
समुद्र र जमिनको मिलन कतारी वातावरणको एक विशिष्ट विशेषता हो, जसले उनीहरूको जीवनलाई दुई अनुग्रहहरुको सार बनाउँछ जसले ईश्वरीय देनका साथ तिनीहरूको जीविकालाई समृद्ध बनाउँछ । उनीहरु गर्मी मौसममा समुद्रमा पौडी खेल्न गए भने जाडोमा टेर्रा फर्मा (पृथ्वीको सतहको ठोस भाग)मा बसे । उनीहरुले जीवनको सार्थकता अरूसँगको अन्तरक्रियामा रहेछ भन्ने विश्वासमा बुद्धि र साहसका साथ मोतीको खोजीमा समुद्रको भूभागलाई अँगालेका थिए । त्यसैले उनीहरूले टाढा–टाढाबाट आफ्नो किनारमा आउने जहाजहरूलाई खुल्ला मनले स्वागत गरे ।
मरुभूमिमा, कतारीहरूले पानी र घाँसे मैदानको अभावमा प्रतिबिम्बित मरुभूमि जीवनको कठिनाइको बाबजुद प्रेरणा र सुझबुझ पाए । यद्यपि, उनिहरू धैर्यताद्वारा मरुभूमिलाई नियन्त्रण गर्न सक्षम थिए, र घाँसको सुन्दरताले कतारीहरूको काव्य र सिर्जनशीलताको सुन्दरता बढायो । कतारीहरु ईश्वरले उनीहरुलाई दैवी प्रतिनिधि बनाएको भूमिमा घुमे त्यसकारण, तिनीहरूले यसलाई मनन गरे र यसको हेरचाह गरे, अनावश्यक खर्च नगरी ढुंगा र जनावरको भुत्ला प्रयोग गरेर आफ्नो बासस्थानहरु निर्माण गरे, किनभने उनिहरू परमेश्वरको आशीर्वादको कदर गर्थे, र परमेश्वरप्रति कृतज्ञताको अभिव्यक्ति शब्दमा भन्दा कर्ममार्फत व्यक्त गर्थे । कतारीहरु आफ्नो वातावरणसँग जोडिए र त्यसप्रति बफादार रहे । भूमिप्रतिको उनीहरुको प्रेमले उनीहरुमा अपनत्व र गौरवको चेतना बढायो । उनीहरुको जीवनमा वातावरणलाई महत्वपूर्ण हिस्साको रुपमा मानियो र कतारका राष्ट्रपिता शेखले लेख्नुभएको कविता ‘इलेगी’का यी पंक्तिहरुमा जस्तै उनीहरुका गीत र कविताहरुमा त्यो प्रशिद्ध भयो ।
उक्त पंक्तिहरुले भन्छन
ओहो, कति लस्करहरु गए
समयको उतारचढावका पदचिह्नहरु छाड्दै
मौसम बदलिँदै जाँदा हाम्रा बासस्थान
जडीबुटीले सजिएका हाम्रा घाँसे मैदानहरुमा बानी पर्यो ।

यी पंक्तिले हामीहरु सबैलाई हाम्रो पर्यावरणलाई आफ्नो मुलुकको पुनर्जागरणको भित्री मुद्दाको रुपमा मनन् गर्न आग्रह गर्दछ । किनभने वातावरणीय विकास कतार नेसनल भिजन २०३० को प्रमुख चार खम्बामध्येको एक हो । यो नाराले के अभिव्यक्त गर्दछ भने कतारी जनताले आफ्नो वातावरणीय अवस्थाको परिपालना गर्नुपर्छ र उनीहरु कतारका बफादार सन्तान बन्छन् भन्ने अभिव्यक्ति दिएको छ । आफ्नो भूमिप्रतिको मायाले उनीहरूमा आत्मीयता र गर्वको भावना थप्यो । कतारको झण्डा ‘अल आदाम’ मातहत साहस र अडान, प्राप्ति कार्य र परिश्रमबाट उनीहरूले यो कुरा सिके ।
कतारले किन राष्ट्रिय दिवस मनाउँछ ?
कतार राज्यको राष्ट्रिय दिवसको यो गौरवपूर्ण अवसरमा हामी कतारवासी आप्रवासी नेपालीहरु पनि कतारी नेतृत्व र नागरिकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं । जसले आफ्नो भुमिमा हाम्रो निम्ति रोजगारीको सृजना गरेका छन् र आफ्नो मुलुकप्रति अनुसरणिय बफादारी देखाएका छन् । मुलुकका संस्थापक शेख जासिम बिन मोहम्मद अल थानी बाबु, दाजु, नेता र अग्रजको रूपमा शैख जासिम धर्मपरायणता, साहस, बलिदानीको भावना, बुद्धि र लगनशीलताका लागि परिचित हुनुहुन्थ्यो । कतारका जनताले उहाँलाई कतार प्रायःद्विपलाई एकीकरण गर्न सक्ने तथा विश्वको यो भूभागले अनुभव गरेको सबैभन्दा अँध्यारो समयमा यहाँका जनताको हितको ख्याल गर्न सक्ने नेताको रुपमा विश्वास गर्छन् । यो त्यस्तो समय थियो जुनबेला यो भूमिमा काबिला युद्ध र समुद्री डकैती तथा लुटपाट भइरहन्थ्यो । आधुनिक कतारका संस्थापक स्वर्गीय महामहिम शैख जसिम बिन मोहम्मद अल थानीले १९७८ मा देशको शासन ग्रहण गरेको दिनको सम्झनामा हरेक वर्ष १८ डिसेम्बरमा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

त्यस समयका विभिन्न घटना र कागजातहरुले प्रमाणित गरे अनुसार शेख जासिममा महान मानवीय मूल्यहरुको गहिरो बुझाइ तथा कतारी नागरिक मात्र नभएर सबै उत्पीडित र दुःखीलाई न्याय र सुरक्षा प्रदान गर्नुपर्ने आवश्यकताप्रति प्रस्ट विश्वास थियो । यसबाहेक शेख जासिम बिन मोहम्मद युवावस्थादेखि नै अध्ययनशील र ज्ञानको दायरा फराकिलो पार्न सक्रिय हुनुहुन्थ्यो । उहाँले अध्ययनलाई प्रोत्साहित गर्नुपर्ने र हुर्काउनुपर्ने आधारभूत मूल्यको रुपमा लिनुभयो । अरब तथा इस्लामिक इतिहासले शेख जासिमलाइ ज्यादै थोरै मानिसले मात्र सम्पन्न गर्न सकेका कामका लागि प्रशंसा गर्दछन् । उहाँको समयमा दोहा अध्ययन र ज्ञानको प्रकाशस्तम्भ थियो । इस्लामिक जगतका वरिष्ठ विधिवेत्ता र न्यायाधीशहरु यहाँ आउँथे । अध्ययन र ज्ञान आर्जनमा रहेको उहाँको लगावलाई कतार र छिमेकी मुलुकका शिक्षक र विद्यार्थीलाई वितरण गर्न भारत र इजिप्टबाट उहाँको आफ्नै खर्चमा ल्याइएका वा प्रकाशित थुप्रै सन्दर्भग्रन्थहरुले लिपिबद्ध गरेका छन् । शेख जासिमलाइ उहाँ र उहाँको मुलुकको लक्ष्य सो क्षेत्रको धार्मिक र वैज्ञानिक पुनर्जागरण, विज्ञान र धर्मको मिश्रण हो र यो दुष्टहरुको समुदाय, अन्याय र असहिष्णुताबाट मुक्ति चाहन्छ भन्ने विश्वास थियो ।
कतार राज्यले संस्थापकको स्मरण गर्दा मातृभूमिको मर्यादा र पवित्रताको संरक्षण गर्ने उहाँको उत्सुकता तथा मातृभूमिमाथि आक्रमण गर्न वा प्रभुत्व जमाउन खोज्ने जोसुकैप्रतिको उहाँको ठोस अडान सम्झन्छ।अलवाज्बाहको युद्धलाई सम्झँदा समग्र कतारले उहाँको बुद्धिमत्तापूर्ण नेतृत्व र ओट्टोमन राजप्रतिनिधिविरुद्ध सुरु गर्नुभएको ठोस मुठभेडको स्मरण गर्दछ । ओट्टोमनको अपार शक्तिका बाबजुद नेतृत्व प्रतिको बलियो बिश्वासले तिनलाई पराजित गर्न कतारलाई मदत गर्यो। यी घटनाक्रमहरुमा शेख जासिम बुद्धिमान वार्ताकार र बहादुर योद्धा हुनुहुन्थ्यो ।

जब ओट्टोमन शासन ज्यादै क्रुर प्रकट हुन्थ्यो, उहाँले त्यस्तो अन्यायलाई रहन दिनुहुन्नथ्यो । तसर्थ सन् १८९३ को मार्चमा सम्मानित शेखले आफ्नो ७० को दशक नजिकिँदै गर्दा कतारको आधुनिक इतिहासमा आफ्ना जनताको साथ लिएर ओट्टोमनविरुद्ध निर्णायक लडाइँ लड्नुभयो र कतारी निर्णय प्रक्रियाको स्वतन्त्रतालाई जोड दिँदै तिनीहरुलाई पराजित गर्नुभयो । यो युद्धका विभिन्न परिणाममध्येको एक टर्कहरुले उहाँसामु आत्मसमर्पण गरेको घटना हो । शेख जासिमको शासनकाल सामाजिक, आर्थिक र जीवनका अन्य सबै पक्षहरुमा सुरक्षा, न्याय र समृद्धियुक्त थियो । कतार सबैभन्दा ठूलो मोति निर्यातकमध्येको एक बन्नु यसको प्रमाण थियो । १७ जुलाई १९१३ मा शेख जासिमको निधन भयो । उपलब्धिहरुले भरिएको जीवनपछि उहाँका छोरा शेख अब्दुल्लाह बिन जासिम अल थानी उहाँका उत्तराधिकारीको रुपमा कतारको शासक बन्नुभयो । दिनप्रतिदिन र एकपछि अर्को पुस्ता गर्दै समय बितिरहेको छ।कतार बिश्वको मनमा बस्न सफल भएको छ। कतारीहरूले आफ्ना पुर्खाको अनुशासनलाई पछ्याउँदै आधुनिकीकरण, विकास र समृद्धिको प्रक्रिया पूरा गर्न, आफ्नो गौरवशाली विगतमा गौरव थप्दै महामहिम अमीर शेख तमीम बिन हमद अल थानीको बुद्धिमान नेतृत्वमा मानवताको इतिहासमा उज्यालो पाना लेखिरहेका छन् । (संयोजक एवं नेपाल समाज प्रतिनिधि तथा राष्ट्रिय मानव अधिकार समिति कतार)

जनसवाल राष्ट्रिय दैनिकको २०७८ पुस ३ गते शनिबारको इपेपर

https://www.janasawal.com/epaper/2021/12/18/4316/

प्रतिक्रिया
सम्बन्धित समाचार