आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

तीन प्रदेश प्रमुखले लिए शपथ

बिहिबार, कार्तिक २५ २०७८

काठमाडौं। नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सरकारको सिफारिसमा गत मंगलबार राष्ट्रपति भण्डारीले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार