शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

युरोकप फुटबलमा सेमिफाइनलका खेलहरु आजदेखि

मंगलबार, असार २२ २०७८

काठमाडौं । युरोपका विभिन्‍न सहरहरुमा जारी १६औं संस्करणको युरोकप फुटबलअन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु हुँदैछन् ।

पहिलो सेमिफाइनलमा आज राति पौने १२ बजेदेखि इटाली र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी दोस्रो सेमिफाइनल भने डेनमार्क र इंग्ल्यान्डबीच भोलि हुनेछ ।

इटालीले क्‍वाटरफाइनलमा बेल्जियमलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको हो भने स्पेनले स्वीट्जरल्यान्डविरुद्ध टाइब्रेकरमा जीत निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।

हालसम्म इटालीले एकपटक युरोकपको उपाधि जितेको छ भने स्पेन तीनपटकको उपाधि विजेता हो । इटालीको लय हेर्दा तीनपटकको विजेतालाई हराएर अघि बढ्दै दोस्रो उपाधि जित्‍ने लक्ष्यका साथ उत्रिनेछ ।

स्पेन पनि पछिल्ला खेलहरुमा उत्कृष्‍ट फर्ममा देखिएको छ । समूह चरणका सुरुवाती दुई खेलमा बराबरी गरेको स्पेनले त्यसपछिका दुई खेलमा १० गोल गरेको थियो । क्‍वाटरफाइनलमा स्वीट्जरल्यान्डसँगको खेल भने प्रतिस्पर्धात्मक भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार