शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

युएइले नेपाली नागरिकमाथि लगाएको रोकको समयावधि २१ जुलाइसम्म थप गर्‍यो

आइतबार, असार १३ २०७८

दुबई । यूएईले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाइएको रोकको समयावधि लम्बाएको छ ।यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली नागरिकमाथिको रोक थप गर्दै २१ जुलाइसम्म पुर्याएको हो ।
यूएईले नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ देशको सूचीमा यथावत रहेको बताएको छ ।
यसअघि उसले ७ जुलाइसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । तर,हालै नयाँ सूचना जारी गर्दै प्रतिबन्ध बढाइएको घोषणा गरेको हो ।
प्राधिकरणद्वारा जारी सूचनामा नेपालसहित अन्य १३ देशका नागरिकलाई २१ जुलाइसम्म लगाएको रोक यथावत राखिएको जनाइएको छ ।
जसमा भारत लाइबेरिया, नामिबिया, सिएरा लिओन, गणतान्त्रिक कंगो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिका रहेका छन्।
उक्त सूचनामा उल्लेख भए अनुसार कार्गो विमान, व्यवसायिक तथा चार्टर विमान भने चल्न पाउनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार