शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मार्मिक लोकदोहोरी गीत “बगर भयो जिन्दगी” सार्वजनिक(भिडियोसहित)

आइतबार, असार १३ २०७८

काठमाण्डौं । भिम खड्का र आयुष्मा कार्कीको अभिनयमा रहेको एक मार्मिक गीत “बगर भयो जिन्दगी “ को भडियो सार्वजनिक भएको छ । मायामा पाएको घातलाईलाई गीतमा समेटिएको छ ।

समाजमा रहेको सामाजिक अन्धविश्वासमा रहेको छुवाछुत प्रथाबाट प्रेमील जोडिहरुको कोमल मायाकोे सम्बन्ध छुटनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । गायक तेज सागर भटटराई र गायिका तुलसी घर्ति मगरको गीतमा आवाज रहेको गीतलाई एस थ्री के इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ । तेज सागर भटटराईको शब्द खेम सेन्चुरीको लय सिर्जना एवम विनोद बाजुरालीको एरेन्ज रहेको छ ।

प्रेमील जोडिहरुको बास्तविक जिवन भोगाई भएको कारणले पनी आम दर्शक तथा स्रोताले गीतलाई मनपराउनेमा आफु निकै आशावादी रहेको कलाकार भिम खड्काले बताए । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन , देबेन्द्र कुँवरको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा भिम र आयुष्माको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।

भिडियो :

प्रतिक्रिया
सम्बन्धित समाचार