शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने

मंगलबार, जेष्ठ २६ २०८३

काठमाडौँ । सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ ।

सांस्कृतिक संस्थानले आज यहाँ प्रतियोगी तथा पत्रकार समक्ष विशेष भेटघाट कार्यक्रमको आयोजना गरी सोबारे जानकारी दिएको हो । उक्त प्रतियोगिता आउँदो असार ३, ४ र ५ गते सांस्कृतिक संस्थानको मेगाहल, जमलमा आयोजना गरिने संस्थानका महाप्रबन्धक किरणबाबू पुनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सवको अवसरमा हामीले पहिलो पटक राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आयोजना गर्दैछौँ । यो आफैँमा खुसीको कुरो हो ।”

उक्त राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ मा २५ वटा समूहको सहभागिता रहने तथा असार ५ गते वार्षिकोत्सवका दिन पुरस्कार वितरणसहित सम्मान गरिने महाप्रबन्धक पुनले बताउनुभयो । आज आयोजित कार्यक्रममा वरिष्ठ लोकदोहरी गायक बद्री पङ्गेनी, गायिका मन्जु पौडेललगायत सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार