आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले कर्णालीका चार सांसद संसदीय दलको बैठकमा अनुपस्थित,सरकारलाई अल्पमतमा पार्ने प्रयास असफल

मंगलबार, असार १ २०७८

सुर्खेत(जस)-नेकपा एमाले कर्णाली प्रदेशका पुनर्बहाली भएका चार सांसदले संसदीय दलको बैठकमा सहभागी हुन अस्वीकार गरेका छन् ।
पुनर्बहाली भएका चार सांसद अनुपस्थित हुने भएपछि आज विहान ८ बजेका लागि बोलाइएको बैठक बस्न सकेको छैन । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले संसदीय दलको बैठकमा सहभागी हुन अस्वीकार गरेका हुन ।
सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि आज बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो ।
बैठकका लागि आमन्त्रण पत्र अस्वीकार गर्दै उनीहरुले बैठकमा उपस्थित नहुने बताएका हुन् ।प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भैसकेपछि मात्रै बैठकमा सहभागी हुने सल्लाह भएको एक सांसदले बताए ।
पार्टीको ह्वीप विपरित फ्लोर क्रसगरि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाएका चार जना सांसदलाई एमाले संसदीय दलले सांसद पद नरहने गरि कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले उनीहरुलाई पुनर्बहाली गरिदिएको थियो ।
३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्‍याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले रहेको छ । तर चार सांसद अनुपस्थित भएपछि त्यो जोखिम टरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार