काठमाडौ(जस)-नेपाल बैदेशिक रोजगार ब्यबसायी संघले बार्षीक सय जना कामदार बैदेशिक रोजगारीमा नपठाए इजाजत पत्र नवीकरण नहुने ब्यबस्था खारेज गर्न माग गरेको छ।संघले नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिमल श्रीबास्तब समक्ष ज्ञापन पत्र बुझाउदै बार्षीक सय जना कामदार बेदेशिक रोजगारीमा पठाउनैपर्ने अन्यथा ईजाजत पत्र खारेज हुने ब्यबस्था हटाउन माग गरेको हो।संघले बिभिन्न समस्या र प्रतिकुलताका कारण बार्षीक १००जना कामदार बैदेशिक रोजगारमा पठाउन नसकेका ८० प्रतिशत भन्दा बढि बैदेशिक रोजगार ब्यबसायी कम्पनीहरुको नबकिरण नभई ईजाजतपत्र खारेज हुने अबस्था आएकाले उक्त प्राबधान खारेज गर्न माग गरेको छ। नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका कार्यबाहक अध्यक्ष कमल तामाङको नेतृत्वमा सिहदरबार स्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भेट गरी मन्त्री श्रीबास्तबलाई उक्त प्राबधान हटाउन माग गरेको हो। संघले यस्तो प्राबधान अन्य कुनै ब्यबसायमा नभएको र बढ्दो कोरोना महामारीले अधीकाशं रोजगारदाता मुलुकले कामदार आपुर्तीमा रोक लगाएकोले कामदार पठाउन नसकिने अबस्था रहेकाले उक्ते प्राबधान खारेज गर्न तत्काल आबश्यक देखिएको बताएको छ। ज्ञापन पत्र बुझे संगै मन्त्री श्रीवास्तवले संघका माग गम्भीरतापूर्वक लिई उक्त प्रावधान हटाउन पहल गर्ने आश्वासन दिएको कार्यवाहक अध्यक्ष तामाङले बताए। हाल ८ सय ५४ म्यानपावर कम्पनी क्रियाशील रहेका मध्ये अधिकाशंले सरकारी प्राबधान अनुरुप १००जना कामदार बैदेशिक रोजगारमा पठाउन सकिरहेका छैनन। २०७५ साल फागुन १९ गते वैदेशिक रोजगार ऐनमा गरिएको संशोधनमा इजाजतपत्र नवीकरणका लागि वार्षिक एक सय कामदार पठाउनु पर्ने व्यवस्था भएपछि बैदेशिक रोजगार व्यवसायीहरु मर्कामा पर्दै आएका थिए।

