आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक,नेपाल पक्षका १२ जनालाई कारवाही गर्ने तयारी

आइतबार, जेष्ठ १६ २०७८

काठमाडौ(जस)-प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।आइतबार अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी ओलीले बैठक बोलाएका हुन्।बैठकमा समसामयिक राजनीति र पार्टीभित्रका विवादबारे छलफल हुनेछ।ओलीले नेता माधवकुमार नेपाल पक्षका थप १२ जनालाई स्पष्टीकरण सोधेका छन्। यसबारे थप कारवाही आजको स्थायी कमिटी बैठकले गर्न सक्ने एमाले पार्टी कार्यालय स्रोतले बताएको छ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबी गर्ने पत्रमा नेता नेपाल पक्षका सांसदले हस्ताक्षर गरेका थिए।यसअघि बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, झलनाथ खनाललगायतलाई पार्टी सदस्य नरहने गरी कारवाही गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार