काठमाडौं। उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएकाे छ। कोरोना संक्रमणमा केही कमी देखिएपनि स्थिति भयावह नै भएकाले उपत्यकामा जारी निषेधाज्ञा एक साथा लम्ब्याउने तयारी भएकाे हाे ।
एक साता निषेधाज्ञा थपेर थप कडाइ गरिने काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। उनका अनुसार निषेधाज्ञा थपेर थप कडाइ गर्नुकाे यतिबेला अर्काे विकल्प देखिएकाे छैन ।
तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड भइरहेकाले काेराेना संक्रमण पनि त्यहीँबाट फैलिने डर देखिएकाे बताउँदै पराजुली भने, ‘त्यसलाई कसरी व्यवस्थित गर्न तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको छ ।’
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी अध्यादेश जारी गरिसकेकाले अध्यादेशअनुसार नै संक्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गर्न कुनै वाधा पुग्दैन ।