आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी

बिहिबार, जेष्ठ ६ २०७८

काठमाडौ(जस) -नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। बैठक बिहीबार बिहान ११ बजे सुरु भएको थियो। स्थायी समिति सदस्य गणेश साहका अनुसार बैठकमा कोरोना महामारी नियन्त्रणका विषयमा छलफल भइरहेको छ।

साहले बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टीपंक्ति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिने बताए। कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएकाले पार्टीका तर्फबाट गर्न सकिने कामबारे आाजको बैठकमा छलफल हुने उनको भनाइ छ। साथै, बैठकले महामारी नियन्त्रणको प्रयासमा अन्य पार्टीसँग मिलेर काम गर्नेसम्बन्धी निर्णय गर्नसक्ने समेत उनले बताए।

साहका अनुसार पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरूले विज्ञहरूसँग छलफल गरेपछि कोरोना महामारीका विषयमा छलफल र केही कार्यक्रम घोषणा गर्न बैठक बसेको हो। बुधबार पनि कोरोना नियन्त्रणका विषयमा केन्द्रित भएर स्थायी कमिटीको बैठक बसेको उनले जानकारी दिए। अध्यक्ष प्रचण्डले कोरोना महामारी नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउन सरकारसँग माग गर्दै आएका छन्।

तर, सरकारले कोरोना नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउन चासो नदिएपछि अन्य दलसँग मिलेर कसरी अगाडि बढ्ने भन्नेबारे बैठकमा छलफल भइरहेको साहले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार