आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमालेको स्थायी कमिटी बैठक बस्दै

बिहिबार, जेष्ठ ६ २०७८

काठमाडौं(जस)- नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्नेछ ।

त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ ।बैठकका अन्य एजेण्डाबारे केही बताइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार