आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मध्यपूर्वका एनआरएनएको सहयोग र ओमन दूतावासको समन्वयमा जम्मा भएका अक्सिजन सिलिण्डर ल्याउन ओमन जाँदै वाइडबडी

शनिबार, जेष्ठ १ २०७८

काठमाडौं । नेपाल वायु सेवा निगमले ५६० वटा अक्सिजन सिलिण्डर ल्याउन जहाज आज ओमन पठाउदै छ। गैर आवाशीय नेपाली संघ ओमनको समन्वय समिति र नेपाली दूतावासको समन्वयमा जुटेको अक्सिजन सिलिन्डर ल्याउन लागीएको हो ।

प्रति सिलिण्डर ४० लिटर अक्सिजन अट्ने सिलिण्डर खरीद गरी नेपाल पठाउन तयारीमा राखिएको ओमानस्थित एनआरएनका अध्यक्ष विकल झाले जानकारी दिए । तयारी अवस्थामा रहेका सिलिण्डरहरु बोकेर नेपाल वायुसेवाको जहाज काठमाडौं बेलुकी ८ बजे ओर्लनेछ ।

यस्तै चीनबाट पनि ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिन विमान आजै बेइजिङ जादै छ ।

एनआरएनए मध्यपुर्ब र ओमानका लागि नेपाली राजदूत पराजुलीको प्रशंसनीय कार्य, ५५० अक्सिजन सिलिण्डर शनिबार नेपाल आउँदै


निगमले बेइजिङबाट हरेक दिन ५ सय ५० थान अक्सिजन सिलिण्डर ल्याउने गरी उडान तालिका सार्वजनिक गरेको छ । निगमले १५ मे बाट १९ मेसम्मका लागि ४ वटा उडान तय गरेको हो

१५ मेमा बेइजिङ गएर निगमको जहाजले ४ सय थान अक्सिजन कन्सन्ट्रेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्सकीय सामान ल्याउने र १६–१९ मे मा प्रति उडान ५ सय ५० वटा सिलिन्डर ल्याउने भएको महाप्रबन्ध डिम प्रकाश पौडेलले बताए।

पौडेलका अनुसार निगमका सबै जहाजहरु जुनसुकै देशबाट सामान ल्याउनका लागि तयारी अवस्थामा रहेका छन्। सिलिन्डर ल्याउन निगमले वाइडबडी ए३३० जहाज प्रयोग गर्ने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार