काठमाडौं(जस)–ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रयास र एनआरएनए मध्यपुर्बको पहलमा जम्मा गरिएको ५५० अक्सिजन सिलिण्डर शनिबार नेपाल आउने भएको छ । सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज जाने तयारीमा रहेको छ । एनआरएनए मध्यपूर्बका देशहरु ओमान, कतार, युएई, साउदी अरब, कुवेत र बहराईनमा रहेका गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशमा रहेका अन्य नेपाली संघ संस्था र समुदायको सहयोगमा ५५० अक्सिजन सिलिण्डर खरिद गरिएको हो । उक्त सिलिण्डर शनिबार नेपाल पठाउँछौं राजदुत पराजुलीले जनसवालसँग भनिन् । उनले नेपालमा यो विपत र महामारीको अबस्थामा आ–आफ्नो तर्फबाट रकम जम्मा गरि सिलिण्डर खरिद गर्न उल्लेखनीय भूमिका खेलेकोमा एनआरएनए मध्यपुर्ब र संघ संस्थालाई धन्यवाद व्यक्त गरेकी छन् ।
नेपालमा बढदो कोरोना महामारीमा अक्सिजनको अभाबले धेरै नेपालीहरुले ज्यान गुमाईरहेको बेलामा मध्यपुर्बी मुलुकमा रहेका नेपालीहरुले अक्सिजन सिलीण्डर खरीद गरी नेपाल पठाउने अन्तिम तयारी गरेका हुन् । ओमानमा रहेका गैरआबासीय नेपाली संघ(एनआरएन) एनसिसि, एनआरएनए मध्यपुर्व र नेपाली राजदूताबास ओमानको पहलमा ५ सय ५० थान सिलिण्डर नेपाल ल्याउने तयारी गरिएको हो । प्रति सिलिण्डर ४० लिटर अक्सिजन अट्ने ५ सय ५० थान सिलिण्डर खरीद गरी नेपाल पठाउने अन्तिम तयारीमा रहेको ओमानस्थित एनआरएनका अध्यक्ष विकल झाले जानकारी दिए ।

खाडी मुलुकमा रहेका नेपालीहरुको स्वतस्फुर्त सहयोगमा करिब ७५ लाख लागत बराबरको अक्सिजन सिलिण्डर नेपाल पठाउन लागिएको हो । नेपालमा पछिल्लो समय अक्सिजनको अभाबमा धेरै कोरोना संक्रमितले ज्यान गुमाईरहेका छन । नेपाल पठाउने अन्तिम तयारी भएको र यही शनिबारसम्म नेपाल पु¥याउन लागेको झाले बताए । उनले भने ‘५ सय ५० थान सिलिण्डर खरीद गरी तयारीमा अबस्थामा राखेका छौ र जति सक्यो छिटो नेपाल पुर्याउने पहल थालेका छौ सम्भवत यही शनिबारसम्म नेपाल पुर्याउन सकिने छ’, अध्यक्ष झाले भने ।
अक्सिजनको सिलीण्डर नेपाल पुर्याउन ओमान स्थित नेपाली दूतावाससंग समन्बय गरीरहेको दूताबासले धेरै ठूलो भूमिका खेलेको झाले बताए । दूतावासले शनिबार सम्म नेपाल पुर्याउने तवरले समन्बय गरिरहेको र यहि शनिबार नेपाल पुग्ने बताईएको छ । अक्सिजन सिलिण्डर मध्यपुर्वमा रहेका गैरआबासीय नेपाली संघको सहयोगमा खरीद गरीएको र नेपालमा अक्सिजनको अभाबमा कोरोना संक्रमितले ज्यान गुमाईरहेको हृदयबिधारक समाचारले दुखी बनाएको झाले बताए ।
‘नेपालमा अक्सिजनको अभाबमा मृत्युबरण गरीरहेको समाचारले भाबविहल बनाएकोले अक्सिजनको अभाबलाई केही हदसम्म पूर्ति गर्न सकियोस भन्ने हेतुले मध्यपुर्बमा रहेका नेपालीहरुले स्वतस्फुर्त रुपमा सहयोगको पहल भएर अक्सिजन खरीद गरिएको हो । नेपालको हरेक समस्यामा एनआरएन सदैब सहयोगीको भुमिकामा रहेको बताउँदै एनआरएनए मध्यपूर्ब संयोजक प्रविन गुरुङ्गले सहयोगी सबै हातलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्दतासमेत ब्यक्त गरे । गुरुङ्गले यस महान अभियानमा साथ र सहयोग गर्ने ओमानका लागि नेपाली महामहिम राजदूत शर्मिला पराजुली ढकाल, एनआरएनए सल्लाहकार टीवी कार्की, सचिब आरके शर्मा, प्रबक्ता डिवि क्षेत्रीलगायत मध्यपुर्बका एनआरएनए एनसिसि अध्यक्ष र पदाधिकारीहरुका साथै सहयोगी सबै संघ संस्थाका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे । उनले अहिले नेपाललाई परेको दुखमा सबै मध्यपुर्बबासी नेपालीलाई साथ सहयोग गर्नसमेत आग्रह गरे ।