काठमाडौ(जस)-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा तीन दलका शीर्ष नेताबीच छलफल भएको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेनद्र यादव लगायतका नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका हुन।छलफलमा शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल छन्। त्यस्तै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, जसपा अध्यक्ष यादव, महामन्त्री डा। शशांक कोइराला, पूर्वसभामुख ओन्सरी घर्ती लगायत सहभागी छन्।विपक्षी दलहरूले वैकल्पिक सरकार बनाउने तयारी गरे पनि बिहीबार असफल भएका थिए।ओली बिहीबार बेलुकी पुनःप्रधानमन्त्री नियुक्त भएका थिए। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने छ।