काठमाडौ(जस)-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् ।नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट र सीता नेपाली रहेको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।आर्थीक मामीला तथा योजना मन्त्री बिमला के.सी र आन्तरीक मामिला मन्त्री नरेश भण्डारीले बिहीबार मन्त्री पदबाट राजीनामा दिएपछि दुई मन्त्रालय रिक्त रहेको थियो भने भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएर सीता नेपालीलाई मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ।