आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेल बिरुद्द पुनः अबिश्वासको प्रस्ताब दर्ता

आइतबार, बैशाख २६ २०७८

बुटवल(जस)-नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।आईतबार ४० सांसदको हष्ताक्षर सहित प्रदेश सभामा अबिश्वासको प्रस्ताब दर्ता गरेको नेकपा(माओबादीकेन्द्र)का संसदिय दलका प्रमुख सचेतक तुलाराम घर्ती ‘बसन्त’ले जानकारी दिएका छन।आइतबार नै प्रदेश सभामुख समक्ष प्रदेश सभा अधिबेशन सुरु गर्न माग समेत गरेको जनसवाल दैनिकलाई बताएका छन। अघिल्लो पटक पनि मुख्यमन्त्री बिरुद्द अबिश्वासको प्रस्ताब दर्ता गरीएको थियो तर अबिश्वासको प्रस्ताब छल्न मुख्यमन्त्रीले राजीनामा दिई पुनः शपथग्रहण गराउदा लुम्बिीनी प्रदेशमा बिबाद सिर्जना भएको थियो। एमालेका २ सांसदले राजीनामा दिईसकेपछि हाल लुम्बिीनी प्रदेशमा ७९जना सांसद रहेका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार