आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अन्ततःएमाले बिभाजनको संघारमा,माधब पक्षका संसदले गरे राजीनामा पत्रमा हस्ताक्षर

आइतबार, बैशाख २६ २०७८

काठमाडौं(जस)-नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभएपछि माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने भएका छन् ।यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको माधव नेपाल पक्षले जनाएको छ ।

नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् । नेपाल निकट स्रोतका अनुसार २० जना सांसदको राजीनामा तयार छ ।अब केपी ओलीलाई सत्ताच्यूत गरेपछि मात्र नयाँ आधारमा एमालेको एकता खोज्ने वा नयाँ पार्टी गठन गर्ने बारे प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् । माधव नेपालसहित भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएका छन् ।केपी ओलीलाई सत्ताबाट बहीर्गमन नगरुन्जेल अब एकता बिभाजन दुबै सम्भाबना नरहेको निष्कर्ष निकाल्दै राजीनामा दिने अन्तीम तयारीमा लागेको एक नेताले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार