आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बाके कोरोनाको उच्च जोखीममा,९००जनामा परीक्षण गर्दा ७००मा संक्रमण पुष्टि

बिहिबार, बैशाख २३ २०७८

बाके(जस)-बाँकेमा पछिल्लो २४ घण्टामा ७०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

तीन वटा ल्याबमा ९२७ जनाको नमुना परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फेकल पर्सन तेज ओलीले जानकारी दिए । जसमध्ये ३०१ जना महिला र ३९९ जना पुरुष छन् ।उनका अनुसार भेरी अस्पतालको ल्याबमा ५३५ जनाको नमुना परीक्षण ४२७, मेडिकल कलेज कोहलपुरको ल्याबमा १०९ जनाको नमुना परीक्षण गर्दा ८६ जना र बागेश्वरी ल्याबमा २८३ जनाको नमुना परीक्षण गर्दा १८७ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेका मात्रै संक्रमित संख्या ५०० जना रहेको छ । जसमध्ये २२३ जना महिला र २७७ जना पुरुष छन् ।

बाहिरी जिल्लाका ७८ जना महिला र १२२ जना पुरुष गरी कुल २०० जनामा संक्रमण पुष्टि भएको ओलीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार