आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कोरोनाको कारण ‘एन्फा डे’को औपचारिक कार्यक्रम स्थगित

बुधबार, बैशाख २२ २०७८

काठमाडौ(जस)-अखिल नेपाल फुटबल संघले बैशाख २२ गते आजको दिनलाई एन्फा डेको रुपमा हरेक वर्ष मनाउँदै आएको छ ।एन्फा प्रवक्ता किरण राईले बुधबार बिज्ञप्तीमार्फत एन्फा डेको शुभकामना व्यक्त गरेका हुन् ।कोभिड १९ का कारण उत्पन्न प्रतिकुल अवस्थाका कारण एन्फा डेको अवसरमा आयोजना गर्ने भनिएका सबै पूर्वनिर्धारित कार्यक्रम यस वर्षलाई स्थगित गरिएको बताएको छ ।
एन्फाले आजको दिनमा फुटबल क्षेत्रमा लागेका हरेक विधाका व्यक्तित्वलाई सम्मान गर्दै एन्फा डे मनाउँदै आएको थियो ।
कोरोनाको कारण गत वर्ष समेत एन्फा डेको कार्यक्रम प्रभावित बनेको थियो ।
कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएर आएपछि बैशाख २२ गतेलाई एन्फा डेको रुपमा मनाउने निर्णय गरेको थियो ।
फुटबल संघको आफ्नै दिवस समेत नभएको अवस्थामा एन्फाले यस दिनलाई एन्फा डेको रुपमा मनाउने सुरुवात गरेको हो । बैशाख २२ गतेनै एन्फामा शेर्पा नेतृत्वको कार्यसमिति निर्वाचित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार