काठमाडौ(जस)-नेकपा (एमाले) माधब, झलनाथ समुहले संसदबाट सामुहिक राजीनामा दिने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले यही बैशाख २७गते संसदमा बिश्वासको मत लिनु अगाबै राजीनामा दिने तयारी गरेको माधब झलनाथ समुहका एक नेताले बताएका छन।प्रधानमन्त्री ओलीले पहिले विश्वासको मत हाल्न लगाएर त्यसपछि कारवाही गर्ने तयारी गरेको सो समूहका नेताहरुको गुनासो छ ।बालुवाटारमा केपी ओलीको नेतृत्वमा बसेको बैठकले संसदबाट विश्वासको मत लिइसकेपछि माधव नेपाल पक्षका सांसदहरुलाई कारवाही गर्ने रणनीति तयार पारेको बुझिएकाले सामुहिक राजीनामाको विकल्पमाथि छलफल सुरु भएको माधव–झलनाथ समूहका नेता बताउँछन् । पार्टीभित्रको अन्तरकलह यथावत राखेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएका छन् । प्रधानमन्त्री ओली विश्वासको मत लिने निर्णयमा पुग्नुमा षडयन्त्रको गन्ध आएको भन्दै आफूहरु सामूहिक राजीनामा दिने विषयमा छलफल भएको बताईएको छ।