काठमाडौ(जस)-प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।सत्ता स्वार्थले महामारी नियन्त्रणको विषय ओझेलमा परेको टिप्पणीहरु पनि भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको विशेष अधिवेशन आह्वान गरेकी छन् ।
यसै सन्दर्भमा प्रधानमन्त्रीले समसामयिक राजनीति र कोभिड-१९ का विषयमा सम्बोधन गर्न लागेका हुन् ।