बुटवल(जस)-लुम्बिनी प्रदेशमा दाङको प्रदेश सभा ३ २ बाट प्रत्यक्ष निर्वाचित विमला वलीले चालेको कदमसँगै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल अप्ठ्यारोमा परेका छन् । वलीले साथ छाडेर माओवादी केन्द्रमै लागेपछि पोखरेल अल्पमतमा परेका हुन् ।उपनिर्वाचन हुँदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट चुनाव जितेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वली (खत्री) ले नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोजेकी छन्२०७६ मंसिरमा भएको चुनावमा वलीले दाङ ३ (ख)बाट चुनाव जितेकी थिइन्। उक्त क्षेत्रमा सांसद रहेका उनका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको थियो। उत्तरकुमार नेकपा एमालेका उम्मेदवार थिए।वलीले माओवादी केन्द्र रोजेसँगै आजै पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको योजनाअनुसार उनी एक दलको बहुमतका आधारमा मुख्यमन्त्री बन्ने सम्भावना टरेको छ।
६ जना सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेश सभामा ८१ जना सदस्य छन्। तीमध्ये ४१ जना एमालेका सांसद भएकाले मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउने बताएका थिए।
वलीले माओवादी रोजेसँगै प्रदेश सभामा अब पोखरेलको बहुमत पुग्दैन।