आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दिकीको मृत्यु

आइतबार, बैशाख १२ २०७८

काठमाडौँ । कोभिड– १९ संक्रमणबाट संविधानसभा सदस्य मोहमदी सिद्दिकीको मृत्यु भएको छ ।

कोभिड संक्रमित भएपछि भेरी अस्पतालको भेन्टिलेटरमा उपचाररत नेपालगञ्ज स्थायी घर भएकी सिद्दिकीको शनिवार मृत्यु भएको हो ।

मुश्लिम समूदायको हक हितका लागि आफ्नो जीवन समर्पण गरेकी सिद्दिकी राजनीतिमा मुश्लिम समुदायबाट एक्लै होमिएकी थिइन् ।

पछिल्लो केही दिनयता कोभिड संक्रमित भएपछि अस्पतालमै उपचाररत उनको शनिवार बेलुका मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार