आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

देशभर पत्रकार महासङ्घको निर्वाचनमा कहाँ कसले जित हात पारे ?

शुक्रबार, चैत्र २७ २०७७

ललितपुर(जस)–नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् । बुधबार भएको महासङ्घको २६आँै महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गरेका छन् । ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी गराए ।
म्याग्दी– महासङ्घ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । बिहीबार बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार ३० मत ल्याएर पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्य (शिव)ले २७ मत प्राप्त गरे । बुधबार भएको मतदानमा ६२ मतदातामध्ये ५८ मत खसेकोमा एक मत खाली परेको थियो । उपाध्यक्षमा हरिकृष्ण गौतमले (२९), महिला उपाध्यक्षमा रुद्रकुमारी खत्रीले (३०), सचिवमा सन्तोष गौतम
(२९), कोषाध्यक्षमा अमित विश्वकर्मा (३०), सहसचिवमा प्रमोद शर्मा (३२), समावेशी सहसचिवमा साधन घर्ती राम्जालीले (२९ मत) प्राप्त गरी विजयी भएका छन् । यसैगरी खुल्ला सदस्यतर्फ कृष्ण जिसी, सन्दिप खत्री, कमल खत्री, अमृत बाँस्कुने, सन्दिप शर्मा रिजाल विजयी भए । दलित सदस्यमा पदम विश्वकर्मा, समावेशी सदस्यमा नजराना सिंह ठकुरी विजयी भएको मुख्य निर्वाचन अधिकृत प्रेमबहादुर कार्कीले बताए । केन्द्रीय परिषद् सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा, महिला सदस्यमा जेनिसा पुरी, जनजाती सदस्यमा सुदर्शनकुमार श्रेष्ठ, प्रदेश परिषद् सदस्यमा निर्मल खत्री, विक्रम बोगटी, अमर बानियाँ र देवीप्रसाद शर्मा निर्विरोध निर्वाचित भए ।
तनहुँ– महासङघ तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित भएका छन् । महासङ्घको बुधबार राति सम्पन्न महाधिवेशनमा पौडेलले ५७ मत ल्याएर निर्वाचित बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शेख मोहम्द हनिफ (गोरा मियाँ)ले ५३ मत ल्याउनुभएको थियो । मियाँ प्रेस युनियन तर्फबाट उम्मेद्वार बनेका थिए । पौडेल प्रेस मञ्च नेपालको केन्द्रीय सचिव छन् । तनहुँमा प्रेसमञ्च नेपाल र प्रेस चौतारीबीच गठबन्धन भएको थियो ।
त्यसैगरी उपाध्यक्षमा धनपति अधिकारी र अस्मिता खनाल, सचिवमा प्रताप राना, सहसचिवमा प्रकाश अधिकारी, सहसचिव समावेशीतर्फ मिला दरै, कोषाध्यक्षमा बिमला दुवाडी, सदस्यमा उपेन्द्र खनाल, किरण श्रेष्ठ, प्रकृति खनाल, राजेश्वर हड्खले, विकास खनाल, विष्णु गौतम, श्रीहरी पौडेल विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा सुनिता थापा, जनजाति सदस्यमा सिर्जना राना, महिला दलितमा मुना कालिराज विके निर्वाचित भएको निर्वाचन संयोजक कमलामोहन वाग्लेले जानकारी दिए ।
पर्वत– नेपाल पत्रकार महासङ्घ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी भएका छन् । बुधबार राति सम्पन्न मतपरिणाम अनुसार थापा आफ्ना निकटतम प्रतिद्वन्द्वी अगन्धर तिवारी भन्दा दुई मतको अन्तरमा विजयी भएका हुन् । थापाले २८ र तिवारीले २६ मत प्राप्त गरेका थिए । थापा प्रेस चौतारी निकट पत्रकार छन् भने पराजित तिवारी प्रेस युनियन निकट छन् । त्यसैगरी उपाध्यक्षमा नारायण भुर्तेल, महिला उपाध्यक्षमा इन्दु तिवारी, सचिवमा राजबाबु पिसी, सहसचिव समावेशीमा दीपेश विक, सहसचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा डिलबहादुर विक विजयी भएका छन् ।
त्यसैगरी महिला सदस्यमा रमा सुवेदी, अन्य समावेशी सदस्यमा गीताकुमारी शर्मा विजयी भएका छन् । खुल्ला सदस्यमा सुवास लामिछाने, माधव पराजुली, राजन पौडेल, विकासराज पौडेल र महेन्द्रबहादुुर जिसी विजयी भएका छन् । दलित सदस्यमा लक्ष्मणकुमार सुनार र आदिवासी जनजातीतर्फ इन्द्रकुमार जोशी निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्यमा गणेश पौडेल र रञ्जना खत्री निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश परिषद् सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा विजयी भएका छन् । पत्रकार महासङ्घ पर्वतमा ५४ सदस्य छन् ।
पत्रकार महासङ्घ लमजुङको अध्यक्षमा अधिकारी
नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको अध्यक्षमा परमेश्वर अधिकारी निर्वाचित भएका छन् । बुधबार भएको पत्रकार महासङ्घको निर्वाचनमा महासङ्घ लमजुङमा प्रेस युनियन र प्रेस सङ्गठन प्यानलका अधिकारी तीन मतले विजयी भएका हुन् । नवनिर्वाचित अध्यक्ष अधिकारीले २९ मत ल्याउनुभएको थियो भने प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार आश गुरुङले गुरुङले २६ मत ल्याए । त्यस्तै उपाध्यक्षमा भने प्रेस चौतारीका अनुज अधिकारी २९ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी युनियनका सन्देश पौडेलले २६ मतसहित पराजित भएका छन् । महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी शान्ता कमली ३१ मतसहित विजयी हुँदा प्रेस चौतारीबाट बेलिना थापाले २४ मत प्राप्त गरेका थिए ।
सचिवमा युनियनका रुद्रहरि ढकाल ३० मतसहित विजयी हुँदा चौतारीका सरोज विकले २५ प्राप्त गरेका थिए । त्यस्तै समावेशी सहसचिवमा श्यामशीतल परियार, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै घनबहादुर घिमिरे (जिवी), आदिवासी जनजाति सदस्यमा युनियन–सङ्गठनकै भरत राना विजयी भएका छन् ।
खुला सदस्यमा अजितजङ्ग थापा, नीरज अधिकारी, दीपेन्द्र रेग्मी, ऋषिराम अधिकारी र सुजन बानियाँ विजयी भएका छन् । त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा युनियन–सङ्गठन प्यानलकै सन्तोष पौडेल ३० मत ल्याएर जित हासिल गरेका छन् । यसअघि कोषाध्यक्षमा युनियन–सङ्गठनका रवीन्द्र लामिछाने, महिला सदस्यमा सिर्जना बराल र चौतारीका दलित सदस्यमा डिबी मजाकोटी निर्विरोध चयन भएका थिए । प्रदेश प्रनितिधिमा कृष्ण आले, विमला अधिकारी, कृष्ण अधिकारी र युवराज श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् । बुधबार भएको महासङ्घको निर्वाचनमा लमजुङमा कूल ५६ मध्ये ५५ मत खसेको थियो ।
काभ्रेमा बद्रीराज विजयी
बनेपा– महासङ्घ काभ्रेपलाञ्चोकको बुधबार भएको निर्वाचनबाट प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका भएका छन् । बुधवार सम्पन्न निर्वाचनको मत परिणामअनुसार तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईँलाई १७ मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन् । युनियन र प्रेस सङ्गठन नेपालको संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार तिमल्सिनाले ६८ मत ल्याउनुभयो भने बजगाईँले ५१ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा प्रेस चौतारीका विनोद न्यौपानेले ६१ मत प्राप्त गरी प्रेस सङ्गठनका प्रल्हाद शर्मा हुमागाईँलाई पछाडि पार्न सफल भए । हुमागाईँले ५७ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा सुनिता सापकोटाले ६४ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै कार्यसमितिको सचिवमा युनियनका कपिल कोइराला, कोषाध्यक्ष चौतारीका केदारनाथ तिमल्सिना, खुला सहसचिवमा सरोज अधिकारी, समावेशी सहसचिवमा जगतमान बल तामाङ विजयी भएका छन् । सदस्यमा क्रमशः अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी भएका छन् । कार्यसमितिको अपाङ्गता सदस्यमा रामचन्द्र अधिकारी, समावेशी सदस्यमा बद्री तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम निर्विरोध निर्वाचित भएका छन् ।
सोही दिन भएको निर्वाचनबाट केन्द्रीय परिषद सदस्यमा प्रदीप केसी र भुवन रायमाझी, प्रदेश परिषद् सदस्यमा नवराज सापकोटा, निरञ्जन गेलाल, भरत अधिकारी, रामचन्द्र दनुवार र लक्ष्मण तिमल्सिना विजयी भएका छन् । केन्द्रीय परिषद् महिला सदस्यमा यसअघि सरिता सापकोटा तथा प्रदेश परिषद् महिला सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, कविता शर्मा र सूर्यमाया दनुवार निर्विरोध निर्वाचित भएका थिए ।
महासङ्घ कास्कीको अध्यक्षमा भण्डारी
–नेपाल पत्रकार महासङ्घ कास्कीमा विमला भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनमा भण्डारी १७४ मतसहित विजयी बन्नुभएको हो । उनका प्रतिस्पर्धी केशवशरण लामिछानेले १२१ मत प्राप्त गरे । विजयी भण्डारी नेपाल प्रेस युनियन निकट छन् भने उनका प्रतिस्पर्धी लामिछाने प्रेस चौतारी निकट छन् ।
त्यस्तै उपाध्यक्षमा रामप्रसाद तिमल्सिना, उपाध्यक्ष (महिला)मा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, सहसचिवमा श्रीराम सिग्देल, सहसचिव (समावेशी)मा रेमबहादुर विक, कोषाध्यक्षमा कृष्ण दबाडी, सदस्य (महिला)मा सपना अधिकारी, सदस्य (दलित)मा विजय नेपाली, सदस्य ( आदिवासी÷जनजाति)मा पदम श्रेष्ठ र सदस्य (अन्य समावेशी)मा जैनव खातुन विजयी भएका छन् । त्यस्तै खुला सदस्यतर्फ कञ्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ (सुमन), प्रभु अधिकारी, सन्तोष सुवेदी, शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, युवराज गुरुङ (युनिस) र हरि पन्त विजयी बन्नुभएको छ । त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा राजबहादुर गुरुङ, कमल पौडेल अथक, गङ्गाधर पराजुली, आरजु विष्ट सल्यानी र श्यामनाथ कुँवर विजयी बनेका छन् ।
मकवानपुरको अध्यक्षमा गौतम
महासङ्घ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएका छन् । प्रेस सङ्गठन र प्रेस युनियनको गठबन्धनका उम्मेदवार गौतमले निकटतम प्रतिद्वन्दी प्रेस चौतारीका बालकृष्ण अधिकारीलाई पराजित गरेका हुन् । गठबन्धनका उम्मेदवार गौतम १०० मतसहित विजयी भएका हुन् भने अधिकारीले ५६ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार ध्रुवप्रसाद अधिकारी, महिला उपाध्यक्षमा सरला अधिकारी, खुला सचिवमा शुभलक्ष्मी विश्वकर्मा, सहसचिव समावेशीतर्फ मन्दिरा बानियाँ (मानवी), सहसचिव खुलातर्फ यमप्रसाद पौडेल (एमपी शर्मा) र कोषाध्यक्षतर्फ केशव समर्पण सुवेदी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा रुपा गुरुङ, शान्ति सुनार, नवराज वाइबा र आदित्य कर्ण, अर्जुन सञ्जेल, प्रदीप अधिकारी, बलराम पुडासैनी, विजय पौडेल, सिर्जना नेपाल, उज्जवल अधिकारी र रेवतीप्रसाद तिमल्सिना (नवीन) विजयी भए । प्रदेश परिषद् सदस्यमा गणेशदर्पण अधिकारी, विश्वराम अधिकारी (विवश), रवीन्द्र गौतम, शिव चौलागाईँ, सुजन ढकाल, सुनिल शिवाकोटी, आरती ढकाल, भावना रिजाल, अमर लामा, अशोक सुजन श्रेष्ठ र कृष्णराम परियार निर्वाचित भएका थिए । केन्द्रीय परिषद् सदस्यमा भानुभक्त आचार्य, राजन (खुसराज) दाहाल, नानीमैया विष्ट, सुर्वणलाल श्रेष्ठ निर्वाचित भएका छन् । मकवानपुरमा कूल १६४ मतदातामध्ये १६१ जना मतदानमा सहभागी भएका थिए ।

चितवनमा अधिकारी, काभ्रेमा तिमल्सिना र तनहुँमा काफ्ले विजयी
नेपाल पत्रकार महासङ्घ चितवनको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख नारायणप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा नेपाल प्रेस युनियन नेतृत्वको गठबन्धनका उम्मेदवार अधिकारीले निकटम प्रतिद्वन्द्वी प्रेस चौतारीका उम्मेदवार तिलक रिमाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष अधिकारीले १४६ मत प्राप्त गर्नुभयो भने निकटम प्रतिद्वन्द्वी रिमालले ११२ मत प्राप्त गर्नुभयो । अर्का अध्यक्षका उम्मेदवार सूर्य प्रकाश कँडेलले चार मत प्राप्त गर्नुभयो ।

यसैगरी महासङ्घको खुल्ला उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, महिला उपाध्यक्षमा प्रमिता ढकाल, सचिवमा दीपेन्द्र अधिकारी, समावेशी सहसचिवमा उर्गेन तामाङ, खुल्ला सहसचिवमा आनन्द पोखरेल र कोषाध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा शोभा पुडासैनी, एलिना पोख्रेल (प्रिति), तुलमान गुरुङ, अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, विप्लव काफ्ले, सरिता पौडेल, विवेक पोखरेल, ज्ञानेन्द्र तामाङ र समिक्षा पुरी विजयी हुनुभएको छ ।

महासङ्घ काभ्रेमा तिमल्सिना

पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका छन् । तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईंलाई १७ मतको अन्तरले पछाडि पार्दै ६८ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा विनोद न्यौपाने, महिला उपाध्यक्षमा सुनिता सापकोटा, सचिवमा कपिल कोइराला, कोषाध्यक्ष केदारनाथ तिमल्सिना, खुल्ला सहसचिवमा सरोज अधिकारी, समावेशी सह–सचिवमा जगतमान बल तामाङ विजयी हुनुभएको छ । सदस्यमा क्रमशः अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी हुनुभएको छ । कार्य समितिको अपाङ्गता सदस्यमा रामचन्द्र अधिकारी, समावेशी सदस्यमा बद्री तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

पत्रकार महासङ्घ केन्द्र र प्रदेशमा तनहुँका तीन निर्वाचित

नेपाल पत्रकार महासङ्घ केन्द्रीय र गण्डकी प्रदेश समितिमा तनहँुबाट तीन जना निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा प्रदीप काफ्ले, गण्डकी प्रदेश समितिको उपाध्यक्षमा सोनी शर्मा र प्रदेश सदस्य पदमा सानेबहादुर नेपाली निर्वाचित हुनुभएको हो । तीन जना प्रेस युनियन र प्रेस सेन्टर प्यानलबाट निर्वाचित हुनुभएको हो ।

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका पूर्वअध्यक्ष रहनुभएका काफ्लेले ५५३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै शाखाका निवर्तमान उपाध्यक्ष रहनुभएका शर्माले ५५२ र नेपालीले ५२० मत प्राप्त गर्नुभएको छ । पत्रकार महासङ्घ जिल्ला शाखामा भने प्रेस चौतारी र प्रेस मञ्चका संयुक्त उम्मेदवार उज्वल पौडेल निर्वाचित हुनुभएको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार