आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

शनिबार, चैत्र २१ २०७७

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

दुर्घटनामा रुपन्देही सैनामैनाका २८ वर्षीय यादव खनाल र लमही नगरपालिकाका २९ वर्षीय अतिराम चौधरीको मृत्यु भएको भएको हो । सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार