काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले आज मिति २०७७ मंसिर २४ गते पांचथरमा तैनाथ श्री भैरवीदल गण, ताप्लेजुङ्गमा तैनाथ श्री भिमकाली गुल्म, संखुवासभामा तैनाथ श्री नयाँ रणभीम गुल्म र ईटहरीमा तैनाथ श्री पूर्वी पृतना हेक्वा को निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त गण, गुल्म र पृतना हे।क्वा। को स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

साथै, उँहाले मिति २०७७ मंसिर २५ गते श्री सैनिक अस्पताल, ईटहरी लगायत संखुवासभा, भोजपुर र ओखलढुङ्गामा तैनाथ युनिटहरुको समेत निरीक्षण गर्नु हुने कार्यक्रम रहेको छ ।