आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

थप १९८० जनामा कोरोना संक्रमण पुष्टि, जनामा कोरोना पुष्टि, ३०४३ जना निको भई घर फर्किए

सोमबार, मंसिर ८ २०७७

काठमाडौं । नेपालमा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै अहिलेसम्म नेपालमा २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म संक्रमणबाट एक हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन्।

साथै ३ हजार ४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। २ लाख २ हजार ६७ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार