जनसवाल संवाददाता
झापा, १९ असोज / २०७७ करिब ११:३० बजे, झापा जिल्ला दमक नगर पालिका वार्ड नं ८, दिप ज्योती उराउ टोल बस्ने बर्ष ३० कि रुपा चौधरी भण्डारि ३५ ग्राम ब्राउन सुगर सहित पक्राउ परेकी छिन। प्रतिबन्धित लागू औषध उनको आफ्नो कोठाको पलङ्ग मुनि चार भिन्न भिन्नै प्लास्टिकमा पोको पारी लुकाएको अवस्थामा फेला परेको हो।
विशेष सुचनाको आधारमा ब्राउन सुगर किनबेच हुने सुचना पाएको आधारमा तत्कालै इप्रका दमक कार्यलय बाट खटिएको टोलिले उनको घर छापा मार्ने क्रममा उल्लेखित ग्राम सहित नगद ७४६१५ रुपैया पनि बरामद गरेको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताएका छन।
पक्राउ परेकी चौधरी भण्डारिलाइ थप अनुसन्धानको लागि इप्रका दमकमा राखिएको छ।
