जनसवाल संवाददाता
झापा / झापाको दक्षिणी भेगमा जनजिवन सामान्य अवस्थामा गुज्रीन थालेको अवस्थामा वारिपारी पनि सामान्य प्राय हुन थालेको छ। कोरोना कहरबाट बिस्तारै दिमाग हटाएर जिवनयापन गर्न थालेका जनताहरु, सायद यो कोभिड भाइरस सग सामाञ्जस्यता गरि जिविकोपार्जन गर्न सक्ने अवस्थामा पुगेको देखिएपनी यस्लाइ बास्तवमै अवहेलना गरेर बढ्न थालेका छन।
भारतसग सिमा जोडिएको र बिगत देखि नै निरन्तर कारोवार भइ रहेको पाठामारी, केचना, देले गाउँ,भैसिबारी लगायतका नाकाबाट भारतिय सामान आउने र त्यही नाकाहरु बाट नेपाली सामान निरन्तर भारत जान थालेको छ।
जनजिवन सामान्य हुँदै गरेको भएता पनि भारतिय भुमिमा कोभिड १९ भाइरसको प्रकोप कम देखिएको भने छैन, यसरि गैर जिम्मेवारी पुर्ण र अव्यवस्थित रुपले गरिने कारोवारले भोलि असहज अवस्था नल्याउला भन्न सकिन्न। भारतिय भुमीबाट रेडबुल, तेल, सुर्तिजन्य उत्पादन, चिनी , मल आदि जस्ता लगभग हरेक दैनिक उपभोग्य सामान बजारको यथास्थिति मुल्यमा नै आउने क्रम जारी छ भने नेपालबाट नेपालले अनुवृत्तीमा पाएको सौन्दर्यका सामाग्री , मटर आदि निरन्तर भारत गइ रहेको छ। यो अब्यवस्थित ब्यवसायले आर्थिक घाटा देखिएको छ त उताबाट कोरोना मुफ्तमा आउने निश्चित प्राय देखिन्छ।
यी गैरकानुनी धन्दा रोक्ने जिम्मेवारी समष्टिगत रुपमा प्रशासनको हो भन्ने मान्यता भएता पनि प्रशासनले यो रोक्न नसकेको देखिन्छ र जनस्तरमा पनि चेतना उब्जिएको भने छैन। कहाँ कडा गर्ने र कसरी गर्ने जस्ता कुरामा नै प्रशासन अन्योलमा छ।
के यो निरंतरताले कोरोनासगको लडाइमा हामिले जित हासिल गरौला त? अझ त्यो भन्दा नेपालि बजार धरासायी बनाएको यो लकडाउन पछिको समयमा नेपाली सामानको प्रयोगको सट्टा भारतिय अर्थतन्त्र उठाउन खोज्नुले दुरगामी असर पर्ला या नपर्ला?