काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।
पञ्जाबले दिएको २०७ रनको लक्ष्य पछाएको बैंगलोर१७ ओभरमा केवल १०९ रन बनाएर अलआउट भएपछि पञ्जाब ९७ रनले विजयी भएको हो ।
बैंगलोरका लागि वाशिंगटन सुन्दरले सर्बाधिक ३० रन बनाए भने एबी डिभीलियर्सले २८, एरोन फिन्चले २०, शिभम दुबेले १२ रन बनाए । त्यस्तै कप्तान विराट कोहली १ रन बनाएर आउट भएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ३ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।
पञ्जाबका लागि कप्तान केएल राहुलले शतकीय पारि खेलेका थिए । राहुलले ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरेर आफ्नो शतक पुरा गरेका थिए ।
यो यस सिजनको आइपिएलको पहिलो शतक हो ।
राहुलले अविजित रहदै १४ चौका र ७ छक्कासहित ६९ बलमा १३२ रन बनाएका थिए ।
राहुलले हानेको बलमा बैंगलोरका कप्तान विराट कोहलीले दुई पटक क्याच छोडेर जीवनदान दिएका थिए ।
पञ्जाबका लागि मयंक अग्रवालले २६ रन बनाए भने निकोलस पुरनले १७ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेल ५ रन बनाएर आउट भए भने करुण नायरले अविजित १५ रन बनाएका थिए । बैंगलोरका बलर शिभम दुबेले २ विकेट लिए भने युजवेन्द्र चहलले एक विकेट लिएका थिए ।
यो जितसँगै पञ्जाबले दोस्रो खेलमा जित हासिल गरेको छ। शतकीय पारी खेलेका पञ्जाबका कप्तान केएल राहुल खेलको प्लेयर अफ द म्याच बनेका थिए ।
आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल र चेन्नई सुपरकिंग्सबीच खेल हुदै छ ।