मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

आईपीएल : कप्तान रोहित चम्किदा मुम्बईसँग कोलकत्ता ४९ रनले पराजित

बिहिबार, असोज ८ २०७७

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइड राइर्डसलाई पराजित गरेको छ ।

मुम्बईले कोलकोत्तालाई ४९ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकोत्ताले पुरा गर्न सकेन । उसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमात्र बनायो ।

मुम्बईले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्मा चम्किएका थिए । उनले ६४ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ८० रन बनाए । रोहितले यही खेलमा आईपीएलमा २ सय छक्काको रेकर्डसमेत बनाएका छन् ।

मुम्बईका लागि सूर्यकुमार यादव ४७ र सौरभ तिवारी २१ र हार्दिक पाण्डयले १८ रन जोडे ।

कोलकत्ताका शिवम माभीले २ विकेट लिए भने सुनिल नारिने र आन्द्रे रसेलले १/१ विकेट हात पारे ।

यो सिजनको आइपीएलमा मुम्बईको यो पहिलो जित हो । अघिल्लो खेलमा चेन्नेईसँग पाँच विकेटले पराजित भएको थियो । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार