बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

गोरखाकी जीतकुमारीको उपचारका लागि यूकेमा उठाइयो साढे चार लाख

बुधबार, असोज ७ २०७७

काठमाडौँ । उपचार खर्चको अभावमा रहेकी गोरखाकी एक महिलाको सहयोगका लागि बेलायतमा आर्थिक संकलन गरिएको छ । गोरखा सिरानचोक गाउँपालिका वडा नम्बर २ थाल्जुङ, ओखरेनी सिम्ले घर भएकी जीतकुमारी गुरुङको उपचारका लागि गोर्खाली समाज यूकेले आर्थिक संकलन गरेको हो ।

समाजका उपाध्यक्ष हेम गुरुङको संयोजनमा गरिएको आर्थिक संकलन अभियानमा जीतमायाका लागि करिब साढे ४ लाख रुपिया जम्मा भएको छ । संकलित रकम अर्को हप्तासम्म नेपाल पठाएर हस्तान्तरण गरिने सहयोग संकलन अभियानका संयोजक एवम् समाजका उपाध्यक्ष गुरुङले जानकारी दिए ।

नशासम्बन्धी रोगबाट पीडित जीतमायाको उपचारमा सघाउन याचना गर्दै गोर्खाली समाज यूकेमा निवेदन आएको थियो । लामो समयदेखि उपचारका क्रममा आफूसँग भएको धन सम्पत्ति समेत सकिन लागेपछि उनको थप उपचारमा कठिनाई भएको थियो ।

सहयोग अभियानका संयोजक एवम् गोर्खाली समाज यूकेका उपाध्यक्ष हेम गुरुङले जीतकुमारीको उपचारका लागि आर्थिक सहयोग गर्ने बेलायतबासी सम्पूर्ण गोर्खाली तथा गैरगोर्खाली नेपालीहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।

सहयोग अभियानको संयोजन गर्ने जिम्मा आफूलाई लगाउने समाजको कार्यसमिति, संरक्षक, सल्लाहकार एवम् सदस्यहरुप्रति पनि उनले आभार प्रकट गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार