गोरखा समाज हङकङद्धारा गोरखा जिल्लामा विभिन्न आपत विपत तथा दैवि प्रकोपमा परेकालाई सहयोग विगत लामो समय देखि सहयोग गर्दै आएको छ । रोजगारिको शिलशिलामा गोरखा जिल्लाबाट हङकङमा बसोबास गर्दै आउनु भएका गोर्खालीहरुको यो संस्थाले हालै मात्र देशमा गएको बाढि पहिरो, कोभिढको मारमा परेका, आगलागि लगायत विभिन्न कारण समस्यामा परेकाहरुलाई उद्धार गरेको छ ।

हरेक क्षेत्रमा आर्थिक सहयोगको लागि समाजका अध्यक्ष दिल बहादुर गुरुङ्गको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चित्र बहादुर थापा, उपाध्यक्ष मन काजी श्रेष्ठ, महासचिव रविन गुरुङ्ग, सचिव काजीमान गुरुङ्ग, कोषाध्यक्ष शान्ता घले, लगाएत सबै सदस्यहरुले अहोरात्र खट्नु भएको छ ।

विशेष गरि गोरखा जिल्लामा भई परि आउने दैवि प्रकोपहरु भूकम्प, बाढी पहिरो, विभिन्न प्रकारका भाईरसहरुको कारण समस्यामा परेका उनिहरुलाई आर्थिक सहयोगको लागि उहाँहरु खट्दै आउनु भएको हो ।
हङकङमा श्रम तथा व्यवसाय गर्दै आउनु भएका गोर्खा समाज हङकङका पदाधिकारीहरु एक ढिक्का भई विभिन्न कोष खडा गरि सहयोग गर्दै आउनु भएको छ । हाल विश्व नै कोभिड १९ को महामारिमा परि रहेको बेलामा पनि कोभिड १९ राहत कोष खडा गरि अमृत गुरुङको संयोजकत्वमा बारपाक सुलिकोट गाउँपालिका बाढि पहिरो पिडित १७ घर परिवारलाई ९० हजार रुपैया बराबरको खाद्यान्न तथा अन्य सामाग्रि वितरण गरिएको छ । ईश्वर गुरुङको संयोजकत्वमा अजिरकोट गाउँपालिका धन्सिरामा ५० हजार, काजीमान गुरुङ सागरको संयोजकत्वमा पालुङटारमा कोभिड १९ का कारण मृतक परिवारहरुलाई ४० हजार, उदय गुरुङको संयोजकत्वमा धार्चे गाउँपालिका गुम्दामा २५ हजार, अध्यक्ष दिल बहादुर गुरुङको संयोजकत्वमा धार्चेको लाप्राक जहाँ आगलागिबाट क्षति भएका घरपरिवारहरुलाई २५ हजार तथा दुर्गा गुरुङको संयोजकत्वमा गण्डकि गाउँपालिका पाथिस्वारामा पहिरो पिडितलाई २० हजार रुपैया सहयोग गरेको छ ।

यसरि विभिन्न समयमा विभिन्न कारण आपत विपत परेमा गोरखा समाज हङकङले दिल्योज्यानले सहयोग गर्ने अध्यक्ष दिल बहादुर गुरुङले बताउनु भएको छ ।
