मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सिरी ए फुटबलमा युभेन्टसको विजयी सुरुवात

सोमबार, असोज ५ २०७७

काठमाडौं, ५ असोज । युभेन्टसले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा साम्पडोरियामाथि ३–० को सहज जित निकाल्दै साविक विजेता युभेन्टसले विजयी सुरुवात गरेको हो ।

युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दाे बोनुची र सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

१३औं मिनेटमा गोलको खाता खोलेको थियो । पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै रोनाल्डोले बल अघि बढाउने प्रयास गरेपनि फुस्किएको बललाई डिजानले उत्कृष्ट फिनिस गरेका थिए

७९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । कुलुसेभ्स्सीको कर्नरबाट आएको बललाई साम्पडोरियाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई वेस्टन म्याकिनीले गरेको प्रहारलाई गोलरक्षक इमिल ओउडेरोले बचाए । तर रिबाउन्डमा क्लोज रेन्जबाट लियोनार्दाे बोनुचीले गोल गर्न सफल भएका थिए ।

रोनाल्डोले अन्तत ८८औं मिनेटमा गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए । आरोना राम्सेको पासमा रोनाल्डोले पेनाल्टी बक्सभित्रबाट गोल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार