सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

पहिरोको जोखिम बस्ती तत्कालै स्थानान्तरण गराैं र विपद्मा आश्वासन नबाडौं : सांसद प्रकाशचन्द्र दवाडी

मंगलबार, भाद्र ३० २०७७

देश कोरोना महामारीमा, सरकार कमिसनमा लिप्त छ : सांसद प्रकाशचन्द्र दवाडी

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य प्रकाशभन्द्र दवाडीले गोरखाका विभिन्न पालिकाका गाउँहरु पहिरोको उच्च जोखिमा रहेकोले तत्कालै स्थानान्तरण गर्नका लागि सरकारको ध्यानाकर्षण गरेका छन्। सांसद दवाडीले एक विज्ञप्ती जारी गरेर जोखिम बस्तीलाई तत्कालै सुरक्षीत स्थानमा सार्न माग गरेका हुन्। उनले समयमै काम नगर्ने र भवितब्य आएपछि बाँडिने आश्वासनले केही नहुने भन्दै सरकारको कार्यशैली प्रति कडा टिप्पणी पनि गरेका छन्।

उनले आफ्नो निर्वाचन क्षेत्रका जोखिम बस्ती सुरक्षीत स्थानमा सार्नको लागि सरकारसँग माग पनि गरेका छन्। ‘मेरो निर्वाचन क्षेत्रमा अहिलेसम्म सबैभन्दा जोखिममा रहेका अजिरकोट गाउँपालिका १ धनसिरा, अजिरकोट गाउँपालिका २ को ओलाङका केही घर, बारपाक सुलिकोट गाउँपालिका ८ को तिनखण्डे, बारपाक सुलिकोटक १ को बारपाक दलित बस्ती तत्कालै स्थानान्तरण गरिहाल्नु पर्ने अवस्था छ,’ गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका दवाडीले टेलिफोन कुराकानीमा भने, ‘यस्ता अन्य ठाउँहरु पनि छन्। ती ठाउँहरु स्थानान्तरण गर्नका लागि गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले यस विषयमा पटक पटक गण्डकी प्रदेशसभामा प्रदेश सरकारको ध्यानाकर्षण गरे पनि सरकारले नसुनेको पनि बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार