बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

काठमाडौंमा थप ४३१ लाई कोरोना, १४ जनाको मृत्यु

शनिबार, भाद्र २७ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ४३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३७७ भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा कोरोना पुष्टि भएको छ ।

हालसम्म नेपालका कोरोना संक्रमण देखिनेको संख्या ५३,१३० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३ महिला र ११ पुरुष संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ३३६ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार