बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, बिहीबार १२ सय ४६ जना संक्रमित थपिए (भिडियोसहित)

बिहिबार, भाद्र २५ २०७७

काठमाडौं, २५ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराेना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ। हाल देशभर संक्रिय संक्रमितकाे संख्या १४ हजार ४ सय ४८ रहेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १८ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ६० पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
https://www.facebook.com/mohpnep/videos/1005615133223572/

प्रतिक्रिया
सम्बन्धित समाचार