काठमाडौं । नेपालमा थप १,०८१ जना कोरोना संक्रमण देखिएको छ । बुधबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएका जानकारीअनुसार गत २४ घण्टामा थप १,०८१ जनामा संक्रमण देखिएको हो ।
यस्तै गत २४ घण्टामा थप ९१८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ ।
संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् । यो संख्या संक्रमणमुक्त हुनेको ६८.८ प्रतिशत रहेको पनि प्रवक्ता गौतमले बताए ।
आज थपिएका संक्रमितहरुमध्ये ४६४ जना काठमाडौं उपत्यकाका रहेका प्रवक्ता गौतमले बताए ।
https://www.facebook.com/mohpnep/videos/3313932972165912/