जनसवाल संवाददाता झापा /कचनकवल गाउँ पालिकाको अध्यक्षको कार्यलय साथै कार्यकारी अधिकृतको कोठामा यसै गाउँ पालिकाका ४ वडाध्यक्ष सहित जम्मा १४ जनप्रतिनिधिले ताला लगाएका छन। अनावश्यक कर वृद्धि, बजेट सिलिङ्ग रकममा समानता नहुनु (घटाइएको)लगायतको मुख्य मुद्दा सम्बोधन नहुन्जेल आन्दोलन गरिने हेतुले ताला लगाइएको आन्दोलन समिती संयोजक मेख बहादुर भट्टराइले बताए।
जनप्रतिनिधिहरुको आन्दोलनको कार्यक्रममा स्थानिय बिकास निर्माणका कार्य वडा मार्फत हुनु पर्ने, गा पा बाट बितरण गरिने योजना तथा अनुदान वडाको सिफारिसमा हुनु पर्ने, बिकास निर्माणको कार्यमा लापरवाहि भएको र सामान वितरण पारदर्शी नभएकोले त्यस्को छानबिन हुनु पर्ने माग आन्दोलनरत समुहले राखेको छ।

तालाबन्दि लगत्तै, आयोजित कोणसभामा बोल्दै संयोजक भट्टराईले गाउँ पालिकाले आफू खुशी र आफ्नो पार्टी पायकलाइ खेती किसानिको सामान उपलब्ध गराएको र मनोमानी ढंगले कार्य संचालन गरेको आरोप सम्म लगाएका छन।
यसै सन्दर्भमा गाउँ पालिका अध्यक्ष अन्जरा आलमलाइ जनसवालको तर्फबाट प्रश्न राख्दा कुनै अनियमितता र भ्रस्टाचारको आरोपको पुष्टि गर्न चेतावनी दिएका छन। गाउँ पालिका माथी रहने परिषदबाट गरिएको निर्णय नै सर्वोपरि रहने र त्यस्ले सबैलाइ बाध्ने धारणा उनले राखेका छन। अन्जरा भन्छन, कोभिड १९ कहरको ब्यवस्थापनको दौरान जसरी हामिले अन्य कार्यलाइ पनि समानान्तर रुपमा लगेको छौ त्यस्को लेखाजोखा जनताले गर्ने छ।
बजेट सिलिङ्ग घट्नु र बढ्नु यी कुराहरु पारदर्शी रुपमा सबै जनप्रतिनिधिलाइ कारण सहित बताइएको उनले जनसवाललाइ बताए। जनताको काम रोकेर हैन, टेबलबाट समस्याको समाधान गर्न उनले आन्दोलनरत पक्षलाइ आव्हान गरेका छन।
लगाइएको ताला केही समयमा नै फुटाइ गाउपालिकाको कार्य निरन्तर चलाइएको छ, ताला कस्ले फुटाएको भन्ने जिज्ञासामा अध्यक्ष भन्छन, जनताले आफ्नो काम रोक्न चाहदैनन त्यसैले उनिहरुले नै फुटाए। यता आन्दोलनरत समुहका एक वडा ६ का वडाध्यक्ष कुल बा. कार्कीका अनुसार सो ताला स्थानिय सरकार स्वयंले प्रशासनको सहयोगमा फुटाएको दाबी गरे ।
