मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

करेबियन प्रिमियर लिगमा सन्दिपको शानदार बलिंग ७५ औं बलमा टुट्यो बाउन्ड्रीविहिन यात्रा

बिहिबार, भाद्र ११ २०७७

नेपाली स्पिनर सन्दिप लामिछानेले करेबियन प्रिमियर लिगको आफ्नो पाँचौ खेलमा पनि उत्कृस्ट बलिंग प्रदर्शनलाई जारि राखेका छन्।गत सिजन आफैले प्रतिनिधित्व गरेको टिम बार्बेडोस ट्राइडेन्ट्स बिरुद्ध खेल्ने क्रममा सन्दिपले २ विकेट लिंदै ४ ओभरमा मात्र १६ रन खर्चिएका हुन्। २ विकेट संगै सन्दिपको प्रतियोगितामा विकेट संख्या ५ खेलमा ७ विकेट पुगेको छ। प्रतियोगितामा अन्तर्गत सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध १ विकेट, दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध १ विकेट, तेश्रो खेलमा गायना बिरुद्ध २ विकेट तथा चौथो खेलमा गायना बिरुद्ध १ विकेट लिएका थिए।खेल सुरु हुनु अघि सन्दिपले ५२ बलसम्म बाउन्ड्री नखाई बलिंग गरेका थिए। त्यसलाई निरन्तरता दिंदै पुनः उत्कृस्ट बलिंग गरेका सन्दिपले आज स्पेलको अन्तिम ओभरमा चौका दिएका थिए। खेलमा त्यो नै सन्दिपले दिएको एउटा मात्र बाउन्ड्री थियो। सन्दिपको बाउन्ड्रीविहिन बलको यात्रा तोड्ने क्रममा मिचेल स्यान्टनरले १६ औं ओभरको चौथो बलमा लंग अनमा चौका दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार