मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

टि-२० क्रिकेटमा ५ सय विकेट लिने विश्वकै पहिलो बलर ड्वेन ब्राभो

बिहिबार, भाद्र ११ २०७७

वेस्टइन्डिज क्रिकेटर ड्वेन ब्राभो टि-२० क्रिकेटमा ५ सय विकेट लिने विश्वकै पहिलो बलर बनेका छन्। करेबियन प्रिमियर लिग अन्तर्गत ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गर्ने क्रममा बुधबार राति सम्पन्न खेलमा ब्राभोले सेन्ट लुसिया बिरुद्ध २ विकेट लिंदै टि-२० विकेट संख्या ५ सय १ पुर्याएका छन्। त्यस क्रममा ३६ वर्षीय दायाँ हाते फास्ट बलरले रखिम कर्नवाललाई कोलिन मुनरोबाट क्याच आउट गराउदै कोसेढुङ्गा पार गरेका थिए।सन् २००६ मा न्युजिल्यान्ड बिरुद्ध डेब्यु गरेका ब्राभोले १४ वर्षमा ४५९ खेलको ४४० इनिंगमा बलिंग गदै उनले कीर्तिमान बनाएका हुन्। ब्राभोले ८ हजार ९ सय ५९ बल फाल्दै १२ हजार ३ सय १६ रन खर्चेर उक्त विकेट लिएका हुन्। यस क्रममा उनले २४.५८ को औशत, १७.८ को स्ट्राइक रेट र ८.२४ को इकोनोमिले बलिंग गरेका छन्।

वेस्टइन्डिजको लागि ७१ टि-२० खेलेका ब्राभोले ५९ विकेट लिएका थिए। त्यस बाहेक उनले आईपीएलमा चेन्नाई सुपर किंग्स, मुम्बई इन्डीएन्स, गुजरात लायन्सको लागि खेल्दै १४७ विकेट लिएका छन्। त्यो बाहेक उनले बिग व्यसमा सिड्नी सिक्सर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, सिपिएल टि(२० मा ट्रिनबागो नाइट राइडर्स, ट्रिनिडाड एन्ड टोबागो स्टिल्स जस्ता टिममको प्रतिनिधित्व गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार