आरएन पटेल
रौतहट । रौतहट जिल्लाको गढ़ीमाई नगरपालिका धर्मपुरस्थित रहेको बागमती नदीमा तीन जना बालिका बेपत्ता भएकी छिन । आज बिहान १० बजे नुहाउने क्रममा तिनै जना बालिकाहरु बेपत्ता भएकी हुन ।
बेपत्ता हुनेमा गढ़ीमाई नगरपालिक वडा नं.७ धर्मपुर टोल बस्ने भदई मुखियाको छोरी अन्दाजी बर्ष १० की पिंकु कुमारी मुखिया र सोही ठाउ बस्ने लक्ष्मण दासको छोरी अन्दाजी बर्ष १२ की सुस्मिता कुमारी दास तथा छठु मुखियाको छोरी अन्दाजी बर्ष १० की चंचल कुमारी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

तिनै जना खोलामा नुहाउने क्रममा बेपत्ता भएको भनी खबर साढ़े ११ बजे हुनसाथ प्रहरीको टोली घटनास्थलमा पुगेको छ। प्रहरी चौकी धर्मपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक को कमाण्डमा गएको टोलीले खोजतलासको कार्य गरिरहेको प्रहरीले जनाएको हो । बालिकाहरुको खोजतलासमा नेपाल प्रहरी,सस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी गराउनु भएको हो ।