सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

विश्वप्रसिध्द गढ़ीमाईको मूल पुजारी धामीको असामायिक निधन

शनिबार, भाद्र ६ २०७७

आर एन पटेल
रौतहट । बिश्व प्रसिद्ध गढीमाई मन्दिरका मूल पूजरीको असमायिक निधन भएको छ । बाराको महागढीमाई नगरपालिका स्थित रहेको गढीमाई मन्दिरका मूलपुजारी रौतहटका गुजरा नगरपालिका वडा नं.३ सिम्री गाउँका ७६ बर्षीय दुखन धामिको असामायिक निधन भएको छ । स्वर्गीय पुजारी धामी दूई दिनदेखी झाडा पखालाबाट ग्रसित हुनुहुन्थ्यो ।

उहाको उपचार निजगढमा हूँन नसक्दा थप उपचारको लागी भरतपुर लिएर जादै गर्दा बाटोमा मृत्यु भएको स्थानीय समाजसेबी अन्तरे लामा जानकारी दिनुभयो । स्वर्गीय पुजारी धामीको आजै सिम्रि गाउँ छेउको नदी किनारमा अन्त्यष्टी गरिने समाजसेवी लामाले बताउनु भयो ।गढीमाई मन्दिर बारामा भए पनि रौतहट गुजरा–३ सिम्रीगाउँका दुखन धामीका पूर्वजहरुनै मूलपूजारी रहँदै आएको उहाका परिवारजनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार