आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

हामी बैदेशिक रोजगार व्यवसायीको पीडा कसले सुनिदिन्छ प्रधानमन्त्री ज्यू ! व्यवसायी प्रज्ञान न्यौपानेको खुला पत्र

सोमबार, असार १ २०७७

सम्मानिय प्रधानमन्त्री ज्यु,
बिषय – बैदेशिक रोजगार

हाम्रो बैदेशिक रोजगार ब्यबसायीको पिडा कस्ले सुनिदिने हो ? कि तपाईंलाई हाम्रो ब्यवसाय सम्बन्धी राम्रो कुरा सुनाइदिने कोही छैनन ??
प्रधानमन्त्री ज्यु हामी पनि तपाईंका नागरिक हौ !!!!

अब असार मसान्त सम्म १०० जना कामदार यदी नपठाएको खण्डमा ब्यवसाय बाट पलायन हुनु पर्ने एन आको छ ! धेरै ब्यवसाय लगभग ५५० को हाराहरीमा लाइसेन्स नबिकरण नहुने अवस्थामा छ ! प्रधानमन्त्री ज्यु एनमा प्रत्यक २ बर्षमा एक आर्थिक बर्षमा १०० जना पठाएको हुनु पर्ने भन्ने आयो र लगत्तै नियमावली डोल मोटल गरी २ बर्ष लगातार पठाउनु पर्ने भन्ने कुरा आयो ! ठीक छ एन आयो नियमावली आयो त्यो सरकारको निर्णय हो तर यो २ बर्ष लाई यि सबै कुरा छुट दिनु पर्छ भन्ने हाम्रो समस्त ब्यबसायीहरुको माग हो ! माग गर्नुका यि कारण हरु छन !

१. सिन्डिकेट रोक्नेको नाममा १८ महिना मलेशिया पूर्ण रुपमा बन्द गरियो
२. अहिले भर्खरै काम शुरु हुने बेलामा कोरोनाको कारणले लगभग ४ महिना बन्द भएको अवस्था
यिनै कारणले गर्दा धेरै ब्यवसायले १०० पुर्याउन नसकेको हो !
३. यही बेलामा २ करोड धरौटी राख्ने नयाँ नियम आयो सबैले सर सापटी गरेर धरौटी राखियो ! के बैदेशिक रोजगार ब्यबसायी हरुको केही योगदान छैन यो राज्य लाई छैन भने सबै लाइसेन्स खारेज गर्दिए भयो प्रधानमन्त्री ज्यु ?

होइन भने अदालतले समेत यो अबधी लाई शुन्य समय मानिसकेको अवस्थामा बैदेशिक रोजगारलाई मात्र किन सधैं प्रहार !
प्रधानमन्त्री ज्यु लगभग ५१२ सस्था खारेज हुने अवस्थामा छन यही असार मसान्त सम्ममा !लगभग धरौटी मध्य नगद २ अर्ब ५६ करोड र बैंक ग्यारेन्टी ७ अर्ब ६८ करोड ब्यबसायीहरुको २ बर्षलाई फ्रिज हुने अवस्थामा छ ! प्रधानमन्त्री ज्यु अहिले मन्त्रालय बाट पनि यो एन परिमार्जनका लागि बैशाखमा नै मन्त्रिपरिसदमा निर्णय भएर बसेको अवस्था छ !

अन्तिम अवस्थामा आउँदा सम्म पनि यो नबिकरणको बिषयमा मन्त्रालय बाट केही आधिकारिक धारणा आउन सकेको छैन ! सबै ब्यबसायहरुको ब्यापार गर्ने अधिकार सुनिशित गरिदिनु पर्‍यो ! र साथ साथै समुर्ण ब्यबसायी ज्यु हरु पहिला हाम्रो ब्यबसायी हो राजनीति पछी हो र राजनीति पनि आबश्यक पनि छ ति निरन्तर चली राख्छन र प्रत्यक २ बर्ष चुनावमा ब्यबसायीले छिनो फानो गर्ने नै छन !

अहिले पार्टीका सबै दल राष्ट्रका लागि एक जुट भएका छन ! तेसै गरी हाम्रा ब्यबसायीका लागि हामी एक जुट हौ ! हामीबाट पनि एस्तो बेलामा ब्यबसायीमा घात हुन्छ भने ति ब्यबसायीका आसुले सधैं पोली राख्ने छ !!

प्रतिक्रिया
सम्बन्धित समाचार