आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते, सबैको कोरोना परीक्षण गरिने

सोमबार, जेष्ठ १९ २०७७

बाँके, १९ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एक जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् ।

घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । मृत्तकमध्ये ११ पुरुष र एक महिला छिन् । उनीहरुको सनाखतको काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए ।

मृतक र घाइतेको कोरोना परीक्षण गरिने
बाँके दुर्घटनामा ज्यान गुमाएका १२ जना र अन्य २१ घाइतेको कोरोना परिक्षण गरिने भएको छ । सबै भारतबाट फर्किएकाले उनीहरुको कोरोना परिक्षण गरिन लागेको हो ।

बाँकेका एसपी वीरबहादुर वलीले मृतक र सबै घाइतेको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार