आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रामपुर नगरपालिकाका १० वटै वडामा भएका ३२ वटा नाकाहरुमा निगरानी, यसरी हुँदैछ निगरानी (विज्ञप्ति)

शुक्रबार, जेष्ठ २ २०७७

पाल्पा (जस)– पाल्पाको रामपुर नगरपालिका १० वटै वडामा भएका ३२ वटा नाकाहरुमा निगरानी शुरु गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण्का लागि भन्दै नगरपालिकालाले मानिसहरूको आवतजावत तथा यातायातको साधनको निगरानीको लागि दैनिक ज्यालादारीमा केही सुरक्षा गार्ड राख्ने निर्णय गरेको छ ।

विज्ञप्ति :
मिति २०७७-०२-०१ गते बसेको रामपुर नगरपालिका पाल्पाको कार्यपालिकाको बैठकले भोलि देखिने रामपुर नगरपालिका १० वटै वडामा भएका ३२ वटा नाकाहरुमा मानिसहरूको आवतजावत तथा यातायातको साधन को निगरानीको लागि दैनिक ज्यालादारीमा केही सुरक्षा गार्ड राख्ने निर्णय गरेको छ ,जसको लागि ५० वर्षभन्दा मुनिका भू.पू. सैनिक,भू.पू प्रहरी, म्यादी प्रहरीमा काम गरेको व्यक्ति तथा सुरक्षा गार्डमा अनुभव भएका इच्छुक व्यक्तिहरुले सम्बन्धित वडा कार्यालयमा भोलिनै सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ। नेपाली सैनिक, नेपाल प्रहरि ,सुरक्षागार्डले चौबिसे घण्टा निगरानी गर्ने गरी व्यवस्था मिलाइनेछ।

यदि कोही कसैले बाहिरबाट आएका आफन्त तथा अन्य कसैलाई वडा कार्यालयमा वा नगरपालिकाको कार्यालयमा जानकारी नगराई घरमा राखेको पाइएमा घरमा राख्ने ब्यक्तिलाई समेत नियमानुसार कारबाही गरिने छ।

यस जटिल परिस्थितिमा स्वयंसेवकको रुपमा सहयोग गर्न चाहनुहुने कल्बका साथीहरु , राजनीतिक दल ,भातृ संघ संगठन वा जो कोहीले पनि आफ्नो छिमेकमा भएको गतिविधि तथा lockdownको पालना, कोरोना भाइरस रोगको रोकथामको लागि आवश्यक सहयोग गरिदिनु हुन पनि अनुरोध गरिन्छ। अन्य जानकारी वा सहयोगकोलागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।

रमण थापा
मेयर

प्रतिक्रिया
सम्बन्धित समाचार