आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कपिलवस्तुका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०१

बिहिबार, बैशाख २५ २०७७

काठमाडौं । नोभेल कोरोना भाइरसका दुई जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित देखिनेमा कपिलवस्तु-०८ निवासी १२ र २२ वर्षीय पुरुषहरु रहेका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार